तम्घास देउराली-रेसुङ्गा विमानस्थल जोड्ने सडकको कालोपत्रे

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । तम्घास देउरालीदेखि सिमिचौर रेसुङ्गा विमानस्थल जोड्ने सडकको संरचना एवम् कालोपत्रे सुरु भएको छ । झण्डै १५ करोड रुपियाँ बराबरको लागत लाग्ने सो सडकको संरचना एवम् कालोपत्र निर्माणको कार्य सुरु भएको हो ।

सालझण्डी-तम्घास सहायक राजमार्ग अन्तर्गतको रेसुङ्गा नगरपालिका वडा नम्बर-९ देउरालीदेखि वडा नम्बर-१० सिमिचौर रेसुङ्गा विमानस्थल सम्मको करिब चौवालिस सय मिटर सडक खण्डको संरचना एवम् कालोपत्र निर्माणको हुन लागेको बताइएको छ । यसरी विमानस्थलसम्म पुग्ने सडकको संरचना एवम् कालोपत्र निर्माण हुँदा यहाँका स्थानीयहरु निकै खुसी देखिएका छन् ।

सडक संरचना एवम् कालोपत्र भएसंगै विमानस्थल सम्मको सडक यात्रा सुरक्षित हुने रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । आम गुल्मीबासीको सालझण्डी-तम्घास सडकको सपना छिट्टै पूरा हुने उल्लेख गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्नको लागि सबैको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

अक्सपाल्ट प्रविधिको उच्च गुणस्तरीय कालोपत्र निर्माणको काम समयमै सम्पन्न गर्ने निर्माणको जिम्मा पाएको एम.के. निर्माण कम्पनीले जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?