अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

Read Time = 1 min

वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गर्नुभएको छ । पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

एफबीआईको यो छापा उहाँ अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरूका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ । साथै गतवर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकाले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ । गतवर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसदले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्यूयोर्कको ट्रम्प टावरमा रहनुभएको बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?