आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्डको भाउ घटयो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ९७ पैसामा कारोबार गर्न अनुमति दिएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा कायम थियो भने त्यो शुक्रबार घटेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८३ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ३३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४१ पैसा कायम गरिएको छ । साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३० पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?