प्रधानमन्त्री ओलीको आउने जनवरीमा इण्डिया भ्रमणको कुरा प्रकाशमा आएको छ । यसभन्दा पहिला उनी चीन भ्रमणमा गएर बिआरआई कार्यान्वयन गर्ने सम्झौता गरेर आएका छन् । कांग्रेसको सहमतिबाट यो सम्झौता भए पनि सम्झौता भएपछि कांग्रेसवृत्तमा अझै यसको विरोधाभाष देखिन्छ । अर्कोतिर कथित राजावादी भन्नेहरूले पनि एमसिसी र बिआरआई एउटै हो भनेर दुष्प्रचार गरेकै छन् । इण्डो पश्चिमा शक्ति र दरबारिया तथा सैनिक घेराका यी राजतन्त्र तथा हिन्दु राष्ट्रवादीहरू नै सबैभन्दा बढी राजा तथा हिन्दु राष्ट्रविरोधी हुन् । बिआरआई कार्यान्वयन गर्ने सम्झौता भएपछि दक्षिण एशिया हेर्ने अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुले इण्डियामा यसविरुद्ध मन्त्रणा गरेपछि नेपाल भ्रमण गरे ।
लुलाई दर्शन भेट दिन तयार भएका ओली उनी आउने बेलामा झापातिर पलायन भए र आरजु राणा देउवा युरोपतिर । उनीहरू डोनाल्ड लुको रौद्र रूप हेर्न नसकेरै यताउता लागेका हुन् । होइन भने राष्ट्रको पक्षमा गरेको बिआरआई कार्यान्वयन सम्झौता गर्नुको औचित्य सावित डोनाल्ड लुलाई गर्नुपथ्र्यो । जहाँसम्म लाग्छ उनी बिआरआईको बदलामा नेपालमा एसपिपी सम्झौता गरेर अमेरिकी सेना नेपाल भिœयाउने सम्झौता गर्न बाध्य पार्न चाहेका थिए । ओलीलाई भेट्न नपाए पनि उनी देउवा, पुष्पकमल दाहाल र एमालेका अमेरिकी अनुचरहरूलाई भेटेर गए । यी अमेरिकन अनुचरहरूलाई उनले के आदेश दिए भन्ने कुरा गोप्य नै छ ।
दलीय व्यवस्थामा नेपालका प्रधानमन्त्रीहरू पद तथा गोपनीयताको सच्चा शपथ खान दिल्ली पुग्नेगर्थे । यस परम्परालाई सबैभन्दा पहिला प्रधानमन्त्री टंकप्रसाद आचार्यले भंग गरेर चीन भ्रमण गरेका थिए । त्यसपछि ओलम्पिक खेलको नाममा भए पनि पुष्पकमल दाहालले चीन भ्रमण गरेका थिए ।
प्रधानमन्त्री ओलीको इण्डिया भ्रमणको मिति तोकेर निम्ता दिनुमा मोदीलाई डोनाल्ड लुकै सल्लाह हुनुपर्छ । मोदी र ओलीबीचको सम्बन्ध चुच्चे नक्सा प्रकाशित भएदेखि चरम चुलीमा पुगेको छ । मोदी मिडियाहरू ओलीको विरुद्ध खुलुरै लागेका छन् । यो वैमनस्य सयको नोटमा चुच्चे नक्सा राख्ने गरी चीनलाई छाप्न दिएको, त्यसपछि ओलीको चीन भ्रमण र बिआरआई कार्यान्वयन सम्झौताले इण्डियालाई आगोमा घ्यू थपेको जस्तै भएको छ । महाकाली सन्धिदेखि इण्डियाप्रति बफादारी जनाउँदै राष्ट्रघाती सम्झौता गर्नेको प्रथम स्थानमा ओली नै थिए ।
त्यसपछि पनि उनले इण्डियाको स्वार्थमा राष्ट्रघाती सम्झौताहरू गर्दै गए । इण्डियाले गरेको नाकाबन्दीपछि उनले संसद्बाट एक मतमा कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्मिलित नेपालको मौलिक नक्सा पारित गराउन सफल हुनु, पुष्पकमल दाहालले अघि बढाएको बिआरआई सम्झौता गर्नु, चीनसँग व्यापार तथा पारवहन सम्झौता गर्नु देशभक्तिमूलक काम थियो चाहे त्यो मोदीको रिसले नै किन नहोस् । ओली र मोदीको मनमुटाव लोग्ने स्वास्नीको झगडा जस्तै हो । यो परालको आगो हो, ओली दिल्ली गएपछि निभ्नेछ ।
दलीय व्यवस्थामा नेपालका प्रधानमन्त्रीहरू पद तथा गोपनीयताको सच्चा शपथ खान दिल्ली पुग्नेगर्थे । यस परम्परालाई सबैभन्दा पहिला प्रधानमन्त्री टंकप्रसाद आचार्यले भंग गरेर चीन भ्रमण गरेका थिए । त्यसपछि ओलम्पिक खेलको नाममा भए पनि पुष्पकमल दाहालले चीन भ्रमण गरेका थिए । उनको पहिलो चीन भ्रमणको इण्डियामा विरोध भएपछि चीनबाट फर्केपछि एयरपोटमै उनले उनको पहिलो राजनीतिक भ्रमण इण्डियामै हुनेछ भनेर इण्डियाप्रति बफादारी जनाए । अहिले पनि ओलीको चीन भ्रमणलाई लिएर उनले इण्डियालाई खुशी पार्न ओलीले चिनियाँ कार्ड खेलेकोे भनेर भन्न भ्याए । पुष्पकमल दाहाल एउटा अस्थिर स्वभावको स्वार्थी पात्र हुन् ।
नेपालको जुन अहिले अस्थिर अवस्था छ त्यसको मुख्य जिम्मेवारी पुष्पकमल दाहाल र बाबुराम भट्टराई नै हुन् । पशुपतिनाथको मूलभट्टको रूपमा उनी पहिलो पटक प्र्रधानमन्त्री हुँदा नेपाली विद्वानलाई मुलभट्टमा नियुक्त गरेका थिए । यो उनको सराहनीय कदम थियो तर सात दिन नबित्दै इण्डियाको दबाबका कारण उनलाई मूलभट्टवाट बहिर्गमन गराए । एउटा अस्थिर चरित्रको नेताले यो कदम किन चाल्नु ? अहिले बाध्यात्मक परिस्थितिका कारण ओलीले आफ्नो पहिलो भ्रमण चीनमा गरे । यो उनको चाहना थिएन् बाध्यता थियो ।
जे होस् । डोनाल्ड लुको इण्डियासँगको मन्त्रणापछि दिल्लीले ओलीलाई निम्तो पठायो । नेपालका प्रधानमन्त्री दिल्ली जाँदा नेपाली जनता फेरि कुनै राष्ट्रघात गरेर आउँछन् कि भन्ने डरले भयग्रस्त हुने गर्छन् । अहिले पनि नेपाली जनतामा त्यही त्रास छ । इण्डिया चाहन्छ आफ्नो छिमेकीमा सदैव आफ्नो कठपुतली सरकार रही रहोेस्, पूर्ण आज्ञाकारी सरकार । अमेरिका पनि विश्वमा कहीँ शान्ति नचाहने राष्ट्र हो । हतियारका व्यापारीहरूले चलाएको डिप स्टेटले अमेरिका मात्र नभएर विश्वभरि आफ्नो सत्ता कब्जा गरेको छ, विशेषगरी नेपाल जस्तो पिछडिएका गरिब देशहरूमा । अमेरिकाको अर्थतन्त्र हतियारको व्यापारमा अडेको छ ।
त्यसैले अमेरिका विश्वभरि सत्तापक्ष र विद्रोशीहरूलाई हतियार बेचेर हिंसा फैलाउने गर्दछ । अहिले टर्कीका राष्ट्रपति यर्दोगानलाई उचालेर सिरियामा विद्रोहीहरूलाई उचालेर बसर अल सदादको सत्ता पल्टाउन सफल भयो । अमेरिकाको इतिहास खुनी छ र भविष्यमा पनि यस्तै रहिरहनेछ । अमेरिकामा बाइडेन आउन् कि ट्रम्प सबैको यही नीति छ । हुन त ट्रम्पले डिप स्टेटलाई अमेरिकी प्रशासन चलाउन नदिने संकेत दिएका छन् । तैपनि उनी सफल होलान् भनेर भन्न कठिन छ । डिप स्टेटको पहुँच ट्रम्प आएपछि हृवाइट हाउसमा नभए तापनि सिआइए, सेना, नोकरशाहमा रपहरहनेछ ।
आफ्नै राष्ट्रपति जोन अफ क्यानेडीको हत्या सिआइएले गरेको कुरा बाहिर आइसकेको छ । आफ्नै राष्ट्रपतिलाई नछोड्ने सिआइए के अरू देशका राष्ट्राध्याक्षलाई छोड्ला ? इण्डिया हाम्रो छिमेकी हो मित्र होइन । धार्मिक तथा सांस्कृतिक सम्बन्ध दुई देशका जनताबीच होला, यो बेग्लै कुरा हो तर नेपाल एउटा सच्चा तथा मौलिक वैदिक सनातन धर्मावलम्बी राष्ट्र हो । अचेल धर्म परिवर्तन, इण्डियाका नक्क्ली भगवान र धर्मगुरुहरूको चपेटामा नेपालीहरू पर्दै गइरहेका छन् । इण्डियन हिन्दुहरू वर्णसंकर हुन्, मौलिक हिन्दु होइनन् । मुस्लिम र गोरा अंग्रेजले हजार वर्षसम्म इण्डियालाई गुलाम बनाएर वर्णसंंकर बनाइसकेको छ ।
भारत भन्ने देश इण्डियामा कहिल्यै थिएन् । जुन भरत राजाको नामबाट भारतवर्ष भयो ती भरतको तीनै जन्म नेपालमै भएको थियो र उनी नै हिमालयदेखि विन्ध्याचल पर्वतसम्मका राजा थिए । इण्डिया त बेलायतले बनाइदिएको हो । ५६५ स्वतन्त्र राज्यहरू भएका मुलुकहरू सरदार बल्लभभाइ पटेलको साम, दाम, दण्ड, भेद नीतिले वर्तमान इण्डिया भएको हो । मुसलमान र बेलायतीहरूबाट धर्मान्तरण गरी जन्माएका र प्रशिक्षित इण्डियन हिन्दुहरू वर्णसंकर हिन्दु हुन् । नेहरूले पनि अंग्रेजको नीति अवलम्बन गरेका थिए ।
उनको नेहरू डक्ट्रिन र मोदीको नीतिमा कुनै फरक छैन, नेहरूदेखि मोदीसम्म आउँदा इण्डियाको छिमेकीहरूप्रति हेपाहा नीति छँदै छ । छिमेकीको भूमि अतिक्रमण गर्ने, छिमेकीमा आफ्नो कठपुतली सरकार बनाउने, यदि बन्न नसके त्यसलाई ढाल्ने र अहिले आएर मोदी र आरएसएसको अखण्ड भारत नीति उही बेलायती साम्राज्यवादी नीतिकै अंग हो । हिजोका गोरा अंग्रेज र अहिलेका काला अंग्रेजमा कुनै अन्तर छैन ।
प्रिय प्रधानमन्त्री ओलीज्यू, तपाईंको दिल्ली भ्रमण सुनिश्चित भएकै हो भने तपाईं दिल्ली जानुस्, मोदीसँग हात मिलाउनुहोस् । गला पनि मिलाउन सक्नुहुन्छ, डिनर पनि खानुहोस् । भलाकुसारी गर्नुहोस् । मोदीको हालचाल पनि सोध्नुहोस्् । सक्नुहुन्छ भने, तपाईंमा मर्दाना आँट छ भने कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नक्सा र नोटमा होइन वास्तवमा नेपाललाई फर्काउन मोदीलाई प्रेसर दिनुहोस् । हो, त्यसका लागि ती क्षेत्र हाम्रै हुन् भन्ने प्रमाणहरू लिएर जानुस् । तपाईंमा त्यो मर्दाना र्आट छैन भने चूप लागेर कुनै सम्झौता नगरेर रित्तै फर्केर आउनुस् तर कुनै राष्ट्रघाती सन्धि सम्झौता गरेर नआउनुहोस् । नेपालका प्रधानमन्त्रीहरू इण्डिया जाँदा कुनै न कुनै राष्ट्रघात नगरी फर्किनन् भन्ने जनधारणा छ ।
जसरी तपाईंले महाकाली सन्धि पारित गर्दा वैकल्पिक सदस्यको प्रथम सूचीमा हिरन्यलाल श्रेष्ठ हुँदाहुँदै ५ नम्बरको वर्तमान सभामुख देवराज घिमिरेलाई मनमोहन अधिकारीको इच्छाविपरीत भोट हाल्न लगाएर राष्ट्रघाती महाकाली सन्धि गर्नुभयो, त्यो नीति सदैव लागू हुँदैन यो पनि बुझ्नुहोला ।
त्यसैले प्रधानमन्त्रीको दिल्ली भ्रमण हुँदा जनता सधैं त्रसित रहन्छन् । तपाईंको जीवनको यो सन्ध्याकालमा कुनै पनि राष्ट्रघात नगरिदिनुहोला । महाकाली सन्धिदेखिका तपाईंले गरेका सन्धि सम्झौताहरू, तपाईंले गरेका अथाह भ्रष्टाचारको दुर्गन्धले तपाईं इतिहासको पानामा एउटा कलंकित पात्र भएको तपाईंको आत्मालाई थाहा नहुने कुरै भएन । अबको अतिरिक्त जीवन देशभक्तिमा गुजारेर आफ्नो छविलाई सुधार्ने काम गर्नुहोला । विदेशी शक्तिले बालुवाटारको म्युजिकल चेयरमा तपाईं, देउवा र पुष्पकमल दाहाललाई घुमाइरहन्छ । यो म्युजिकल चेयर दिने पनि विदेशी शक्ति हुन्, यस खेलको आयोजक पनि तिनै विदेशी शक्ति हुन् र रेफ्री पनि तिनै हुन् ।
जसलाई त्यो म्युजिकल चेयरमा बसाउन मन लाग्छ उसले उसलाई नै बसाउँछ भन्ने कुरा तपाईंलाई हेक्का नै होला । म्युजिकल चेयरको लोभबाट मुक्त भएर एउटा सच्चा देशभक्त नेपाली बन्नुहोस् । तपार्इंको जीवन छोटो छ, कृपया तपाईं राष्ट्रघात र भ्रष्टाचारबाट अब टाढै रहनुहोस् । तपाईंको म्युजिकल चेयर दिल्लीबाट फर्केपछि ढल्न पनि सक्छ यदि तपाईंले राष्ट्रघात गर्नुभएन भने । त्यो म्युजिकल चेयरमा बस्न पुष्पकमल दाहाल आँ गरेर दक्षिणतिर ताकेर बसेको तपाईंलाई थाहा हुनैपर्छ ।
जसरी तपाईंले महाकाली सन्धि पारित गर्दा वैकल्पिक सदस्यको प्रथम सूचीमा हिरन्यलाल श्रेष्ठ हुँदाहुँदै ५ नम्बरको वर्तमान सभामुख देवराज घिमिरेलाई मनमोहन अधिकारीको इच्छाविपरीत भोट हाल्न लगाएर राष्ट्रघाती महाकाली सन्धि गर्नुभयो, त्यो नीति सदैव लागू हुँदैन यो पनि बुझ्नुहोला, पुटिनको सल्लाहकार जसलाई पुटिनको दिमाग भनिन्छ तथा दार्शनिक अलेक्जेण्डर दुगिनले भनेका छन्, हृवाइट हाउसमा डोनाल्ड ट्रम्पको आगमन, उही डोनाल्ड ट्रम्प जसले अप्रत्यक्ष रूपमा हामीविरुद्ध यो युद्ध सुरु गराए, यो विषयले गहन महत्व राख्दछ । उनको नेतृत्वले हाम्रो प्रमुख शत्रुको छविमा ठूलो परिवर्तन ल्याएको छ । जो अझै हाम्रो प्रमुख विपक्षी बनेको छ ।
हामी सामूहिक पश्चिम, नेटो र तिनीहरूलाई निर्देशन गर्ने वैश्विकतावादी सम्भ्रान्तहरूसँग लडिरहेका छौं । अहिले डोनाल्ड ट्रम्प संयुक्त राष्ट्र अमेरिकाको नेतृत्व गर्न उदाएका छन् । उनी घोषणा गर्छन् म पनि वैश्विकतावादी सम्भ्रान्तहरूसँग लड्दैछु । यद्यपि संयुक्त राष्ट्र अमेरिका, सामूहिक पश्चिम र नेटो अलाइड कमाण्ड ट्रान्सफोरर्मेसनको मुख्य स्तम्भ हो, डोनाल्ड ट्रम्पसहितको होस् वा डोनाल्ड ट्रम्पबिनाको । यसले एक भयंकर तनाव सिर्जना गर्दछ । इण्डिया पनि हाम्रा लागि त्यस्तै हो ।
प्रिय प्रधानमन्त्रीजी अलेक्जेण्डर दुगिनको फोर्थ पोलिटिकल थ्योरी पढ्नुभएको छैन भने एकचोटि हृदयदेखि अध्ययन गर्नुहोस् र रुसले लिएको आफ्नो माटो सुहाउँदो, आफ्नो धर्म संस्कृति र सभ्यतामा आधारित व्यवस्था ल्याउन राष्ट्र एकीकरणको जगमा मत्छेन्द्रनाथ, राष्ट्रगुरु गोरखानाथ, भगवन्तनाथ र राष्ट्रयोगी नरहरिनाथको विचारको जगमा वैदिक समाजवाद, साम्यवाद लागू गर्ने दिशातिर अग्रसर हुनुहोस्, यदि तपाईंमा देशभक्तिको भावना किञ्चित मात्रामा छ भने । शायद तपाईंले अहिलेसम्म गर्दै आएको कालो कर्तुतको जालोले तपाईंलाई त्यो दिशामा अग्रसर हुन दिने छैन ।
तपाईंको यो दिल्ली भ्रमण अन्तिम भ्रमण पनि हुनसक्छ । जसरी तपाईं पछिल्लो पटक प्रधानमन्त्री हुँदा अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापाले तत्कालीन रअ प्रमुखाई मध्यरात्रिमा तपाईंसँग भेटाइदिएपछि तपाईंको सत्ता पलट भएको थियो र त्यही रामेश्वर थापाले मध्यरात्रिमा तपाईंलाई देउवासँग भेटाइदिएर अहिले प्रधानमन्त्री बन्नुभएको छ । तपाईंहरूलाई प्रधानमन्त्री कसले बनाउँछ तपाईंलाई विदितै होला । त्यसैले तपाईं नेपालको प्रधानमन्त्री बन्नुहोस् न कि डिप स्टेटबाट सञ्चालितहरूको ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच