
कैलाली । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सामाजिक सुरक्षा भत्ता लागु गराउनु मजदुर आन्दोलनको सफलता रहेको बताउनु भएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले सरकारी जागिरबाट अवकाश पाएका कर्मचारी जस्तै २०७६ सालदेखि सामाजिक सुरक्षा कोष लागु भएर देशभरि ५ सय ८७ जना मजदुरले सामाजिक सुरक्षा भत्ता पाइरहेको बताउनुभयो ।
हाम्रो २०५८ सालदेखिको आन्दोलनले २०७६ सालमा सफलता पाएको थियो अध्यक्ष श्रेष्ठले भन्नुभयो “सबै यो कार्यक्रममा जोडिनुभएको छैन होला तर धेरै जोडिनुभएको छ, अझ जोडिनुहोला, मजदुरीकै बेला स्वास्थ्यमा समस्या आयो, अंगभंग भयो अथवा कुनै अप्रिय घटना भयो लगायतका समस्या पछि जीवन जिउनै मुस्किल हुन्थ्यो र अहिले त्यस्तो मजदुर तथा परिवारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको छ, त्यसले दैनिकी चलाउन सहज भएको छ, यो हामी सबै मजदुरका संगठनहरुको सफलता हो ।”
एक्ला एक्लै कुदेर कोही फस्ट हुँदैनौँ भन्ने कुरा ठाउँमा पुगिएपछि थाहा भएको उहाँले बताउनुभयो । म भनेर नभई हामी भनेर मजदुर आन्दोलन सफल बनाउन सबै एक भएर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ । अझ मजदुर आन्दोलन बाँकी छ हाम्रै आन्दोलनले देश सम्बृद्ध बन्छ, उहाँले भन्नुभयो “हामी पाइला चाल्दै छौँ, हजार माइल टाढा पुग्न सुरुवात एक पाइलाबाटै हुन्छ, हामी लडेका हौँला मरेका छैनौँ, यो आन्दोलनलाई सफल बनाएरै छोड्ने छौँ ।”
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सहकारी विभाग प्रमुख देव बहादुर बमले मजदुरले अब अधिकार मात्रै होइन आफ्नो कर्तब्यपनि पुरा गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले कृषि थाेरै अनुदान दिइरहेको बताउँदै उहाँले मजदुर क्षेत्रमा पनि विभिन्न कार्यक्रम आउँदा समेत बजेट फ्रिज गएको बताउनुभयो । साथै स्थानीय तहका कार्यक्रम समेत कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । देशभरि सहकारी डुबेका छन् तर धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले अहिले ३५ हजार बढी सदस्य बनाएको छ, उहाँले भन्नुभयो “हामीले मजदुरलाई पनि सहकारीसँग जोडेका छौँ, किन भने नवजीवन जन्मदेखि मृत्युसम्म छ, बच्चा जन्मिदा, सदस्य बिरामी हुँदा, र मृत्यु हुँदा सम्म नवजीवनले आवश्यक आर्थिक सहायता गर्ने गर्दछ, त्यस कारण हामीले सदस्यमैत्री नीति बनाएजस्तै यहाँ मजदुरमैत्री नीति बन्नुपर्छ, हामीसँग जोडिएका कार्यालय सगं समन्वय, सहकार्य गरौँ ।”
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति सुदूरपश्चिमका संयोजक ज्ञानेन्द्र शाहको अध्यक्षतामा आयोजित प्रदेश स्तरीय श्रम सम्मेलनमा विभिन्न ट्रेड युनियनका केन्द्रीय तथा प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच