सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पीडित महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।
भारतको दिल्लीमा उपचारपछि घर फर्किएका महतोको स्वास्थ्य पुनः बिग्रिएपछि एक महिनाअघि भरतपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो।
महतो नेपाली कांग्रेसको तर्फबाट लगातार दुई कार्यकाल (२०७२ र २०७९) मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष पनि थिए ।
उनको शव भरतपुरबाट आज बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको छ । नेपाली कांग्रेसका स्थानीय नेता गजेन्द्र साहका अनुसार महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्न गाउँलेहरू जुटेका छन् ।
वडाध्यक्ष महतोको निधनप्रति शोक प्रकट गर्दै बसबरिया गाउँपालिकाले बिहीबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राम सिंहासन रायले गाउँपालिकाका सबै कार्यालय, विद्यालय, र स्वास्थ्य संस्था बन्द गरिने जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच