नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा विवाह गर्नुका लागी अनिवार्य वडाको सिफारिस चाहिने भएको छ । विवाह पूर्व वडाको अनिवार्य अनुमति लिएर मात्रै लिनुपर्ने बिबाह गर्नु पर्ने भएको छ । वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्व वडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको हो ।
‘विहेबारी २० वर्ष पारी’ भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष विमला गुरुङले बताउनुभयो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नु पूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
गत मंसिर २३ गते बसेको बैठकले सर्वसम्मतमा यस्तो निर्णय गरिएको हुँदा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गरे गराएमा दुवै पक्ष कानुन बमोजिम दण्डनीय हुने हुँदा सचेत भई अरुलाई पनि सचेत गराई कानुनको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको छ । कसैले उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही हुने वडा अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच