काठमाडौं । आइटी कम्पनी आइएमएस सफ्टवेयर प्रालि र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता भएको छ । सम्झौतामा आइएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार आइएमएस सफ्टवेयर प्रालिले हिमालयन बैंकको प्वाइन्ट अफ सेल (पिओएस) उपकरणमा अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्नेछ । यस नवीन प्रविधिले कार्ड र क्युआरमा आधारित भुक्तानी छिटो र सुरक्षित बनाउँदै ग्राहक र व्यापारीलाई उच्च सुविधा प्रदान गर्नेछ । यो प्रविधिको मुख्य विशेषता व्यापारीहरूले म्यानुअलरूपमा रकम प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनु हो, जसले लेनदेन प्रक्रिया सजिलो बनाउनुका साथै सम्भावित त्रुटि कम गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच