भोजपु । भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा आँखा तथा कान उपचार केन्द्रको स्थापना भएको छ ।
आइतबार गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको स्थापना गरिएको हो । षडानन्द नगरपालिका अवस्थित भारतीय राजदुतावासद्वारा निर्मित अस्पताल भवनबाट सेवा प्रबाह हुने गरी स्थापना गरिएको केन्द्रको उद्घाटन समेत भएको छ ।
नेपाल नेत्रज्योती संघ भोजपुर, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका सहितको त्रिपक्षिय सम्झौतामा स्थापना भएको केन्द्रको उदघाटन षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले गर्नुभयो ।
आँखा र कान सम्बन्धि समस्या भएका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका भित्रका नागरिकलाई केन्द्र स्थापना भएको हो । केही दिन संचालन हुने शिविर भन्दा सेवा केन्द्र नै प्रभावकारी हुने नगर प्रमुख उदासले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ भोजपुरका सभापति तेज मोक्तानले स्वास्थ्य शिबिर मार्फत पालिकावासीलाई केही राहत दिने प्रयास गरिएको भए पनि सेवा केन्द्र जरूरी रहेको बताउनु भयो । सर्वसुलभ सेवा पाउने भएपछि सामान्य समस्या हुँदा पनि बहिर जानु पर्ने समस्याको समेत समाधान भएको नगरपालिका उपप्रमुख प्रमिला राईकाे भनाई छ ।
सेवा केन्द्रको उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योती संघ कोशी प्रदेशका सभापति श्यामसुन्दर उदास, भोजपुर सभापति तेज मोक्तान र बिराटनगर आँखा अस्पतालका प्रतिनिधिको समेत उपस्थित रहेको थियो ।
सेवा केन्द्र स्थापनासँगै आँखा सम्बन्धि सेवा सुरु भएको छ भने कानको सेवा केही दिनदेखि सुरु हुने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच