आठै टिमले अंक बाँडे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४औं राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिताको शुक्रबार चार खेलमा प्रतिस्पर्धा गर्ने टिमले अंक बाँडेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा एनआरएनए र एपिएफ क्लब तथा सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो ।

उता, त्यसै दिन मूलपानी क्रिकेट मैदानमा नेपाल प्रहरी र मधेश प्रदेश तथा नेपाल आर्मी र कर्णालीबीच खेल हुनुपर्ने थियो । त्यसमध्ये एनआरएनए र एपिएफबीचको खेलबाहेक कुनै पनि खेल वर्षाका कारण सुरु नै हुन सकेन ।

निर्धारित २० ओभरलाई १९ ओभरमा छोट्याएको एनआरएनए र एपिएफबीचको खेलमा पहिले ब्याटिङ गरेको एनआरएनएले १३.३ ओभरमा २ विकेट क्षतिमा १२० रन बनाउँदै गर्दा वर्षाका कारण खेल रोकिएपछि सुचारु हुन सकेन । उक्त दुई टिमका साथै अन्य टिमले पनि समान एक÷एक अंक बाँडेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?