✍️ उतम केसी नेपाल
भोर्लेको नागीबाट थोरै तल ओर्लेपछि आउँछ सिम्ले गाउँ । सुन्दर, शान्त, मनोरम सिम्ले गाउँको पुच्छारमा छ गैराघर कान्छा अर्थात बखतबहादुर लामिछानेको घर । घर सानो छ, बकुरो भन्न लायक तर उनीहरू मनले फराकिलो छ्न । यो सुन्दर जोडी रमाएर जिन्दगी कटाईरहेका छ्न । उनीहरू एक-अर्कालाई असाध्यै माया गर्छ्न । प्रेम कथाका पात्र मुना-मदन, रोमियो-जुलियट जस्तै कहिल्यै नछुट्ने बाचा खाएका छन् ।
समर्पित यस जोडीको एक छोरा पनि छ । छोरालाई उनीहरूले मायाको प्रतीक सम्झेका छ्न । आमाले भन्दा पनि बाले असाध्यै माया गरेर हुर्काइरहेका छन् । आमाले देउतीले नै छोराको मनमा वासुदेव राखेकी छिन । उनीहरू छोरालाई मायाले वासु मात्र भनेर बोलाउछन ।
बखतबहादुर र देउतीको माया र समर्पणभाव देखेर छरछिमेकहरू पनि चकित छन् । छरछिमेक सहयोगी छन्, गाह्रो पर्दा साथ सहयोग दिइरहेका छन् । गाउँ हो अर्मपर्म चलेको छ, अचौपचौ चलेको छ ।
यो जोडिको माया प्रीति गरेका देखेर गाउँका कोही कोही मानिसहरू डाहा पनि गर्छन् । कस्तो मिलेको जोडी हाम्रो चाहीँ के हो के हो पधेरोहुँदी महिलाहरू पनि भन्छन् । बखतहरू देउतीलाई खुव माया गर्छ, देउती पनि बखतलाई मन खोलेर माया गर्छे । बिहे भएको नौ बर्स भो, पोहोर साल वासुको व्रतबन्ध नै भयो । तर पनि उनीहरूले ठूलो झगडा गरेका छैनन् ।
छोरा वासु हुँर्कदै गएको छ । स्कुल जान थालेको दुईतीन बर्ष थालिसकेको छ । छोराको पढाइ अब्बल छ । वासुको प्रगतिमा आमा बुबा असाध्यै खुशी छन् । वासु आफैँ भन्न थालेको छ म ठूलो भएपछि डाक्टर बन्छु म तपाईंहरूलाई शहर लैजान्छु ।
माया गरेको छोरा पढ्न छाडेर कुलतमा फस्छ, झैँ झगडा गर्ने, पैसाको लागि घरमा किचकिच गर्ने र बुबा आमाको अधीनमा नबस्ने, छिमेकमा पनि मारपिट गर्ने हुन थाल्छ । बखतबहादुर आफ्नो जेठो छोरा कहाँ होला, के गर्दै होला, कस्तो अवस्थामा छ होला भनी सम्झिँदै रहेको हुन्छ । घरमा भएको एउटा छोरो पनि लागूपदार्थ केसमा प्रहरीको हिरासतमा परिसकेको हुन्छ ।
एकदिनको कुरा हो । चिसोको महिना छ । चारैतिर भुँइकुहिरो दगुरेको देखिन्छ । वासु स्कुल गएको छ । बखतबहादुर छिमेकमा काम छ भनेर गाउँ लागिसकेका छ्न । थोरै घाम अमला चौरमा देखिन थालेपछि देउती पनि एक्लै घरमा बस्नुको सट्टा गाई बस्तुलाई घाँस ल्याउँछु भनी डोको बोकेर वनतिर लाग्छे ।
पुसको जाडोमा सबै खुइलिएको पाखो मात्र देखिन्छ । देउती अमला चौरमा पुगेर भीरतिर उक्लिन्छे । एक बुट्टो खनायो हरियो देखिन्छ भीरमा । जाडो खुब छ । खनायो काटन खोज्दा अचानक देउतीको खुट्टा चिप्लिन्छ र तल खोल्सोनेर पुगेर उनको टाउको बजारिन्छ । असहयी वेदना देउती चिच्याएको घाँस काटन आएका मानिसहरूको कानमा पर्छ । घाँस काट्न आएका गाउँलेहरूले हाहाकार मच्चाउँछ्न, केही बेरमा खोल्सा वरिपरि गाउँलेहरू भेला हुन्छन् । आँखाभरी भय बोकेर बखतबहादुर पनि आइपुग्छ ।
स्वास्नीको अवस्था देखेर बखतबहादुर त्यही ढल्छ । अर्ध वेहासी हुन्छ । छिमेकीहरू मिलेर देउतीलाई उठाउने कोशिस गर्छन् र उठाउँछन । बेस्सरी पानी छ्याप्नेपछि बखतबहादुर पनि झस्केर उठछ । स्वास्नीलाई काखमा लिएर बिलौना गर्दै रुन थाल्छ । स्वास्नीको भने अन्तिम अवस्थामा पुगिसकेकी छे, इन्दु न चिन्तु देखिएकी छे । सबै मिलेर घाइते देउतीलाई स्टेचरमा राखेर स्वास्थ्य चौकी पुर्याउछ्न । बाटोभरी कुनै बालक झै रोइहिँडछ बखत बहादुर ।
छोरा वासु पनि स्कुलबाट घर आइपुग्छ, घरमा कोही नदेखेपछि छिमेकीलाई सोध्छ । आमा घाइते भएको जानकारी पाएपछि सन्त काकासँग स्वास्थ्य चौकी जान्छ । वासु एकदम आतिएको देखिन्छ । भयले भरिएको देखिन्छ ।
स्वास्थ्य चौकीमा उपचार सुरु हुन्छ । गाउँ नजिकैको बजारमा खासै राम्रो उपचार छैन । गाउँ फर्क अभियानको नारा लेखिएको छ भित्तामा । काठमाडौंबाट आएका दुइजना डाक्टरमात्र छन् अस्पतालमा । देउतीको शरीरबाट रगत धेरै बगेकोले डाक्टरले बचाउन नसकिने जानकारी डाक्टर प्राप्त हुँदा झन रुन थाल्छ बखतबहादुर । त्यही बेला छोरा पनि आईपुग्छ । छोरालाई देखेर आमाले छोराको हात समाउँछिन । छोरा रुन थाल्छ । यस्तो लाग्छ अस्पतालभरी भयले नृत्य गरिरहेछ । श्रीमान्तिर लाचार नजर अगाडि बढाउँदै देउती लर्बरिएको स्वरमा भन्छे-‘बुढा हाम्रो प्रीत यति रहेछ । छोरालाई राम्रो पालन पोषण गर्नु, कहिल्यै एक्लो भएको महसुस नगराउनु, मेरो अभाव नगराई बुबा आमाको माया दिएर ठूलो र असल मान्छे बनाउनु, हामी दुबैको माया दिनु । उसको आँखाबाट आँसु बगेन भने धेरै आशीर्वाद दिनेछु ।’
छोरा रोइरहेको छ । केही बेर श्रीमान् र छोरा हात समाउँदा समाउँदै देउतीको प्राण पखेरू उडछ । सबै जना स्तब्ध हुन्छन् । बाउछोरा झन धेरै रुन थाल्छन् ।
देउतीको लास बोकेर गाउँले मलामी लिखु दोभान पुग्छ्न । केही घन्टामा लास आगोले खरानी बनाउछ । वासु आमाको काजक्रियामा बस्छ । सानै बालक भएकाले साह्रै सकस हुन्छ । घरमा सन्नाटा छाउछ, भय झन बढ्छ । ‘कस्तो बज्रपात आई लाग्यो । आँखामा राख्दा पनि नबिझाउने जोडी थियो । दैवको खेलामा परेर बिछोड हुन पर्यो ।’ आउने जानेहरू यस्तै भन्न थाल्छ्न, सान्त्वना दिन्छ्न । हौसला दिन्छन् । हौसला सानै किन नहोस् मानिसलाई बाच्ने प्रेरणा बन्छ । हौसलाले वासु र बखत बहादुरलाई प्रेरित गर्छ पिडा घटाउन । समय गतिमा बित्दै जान्छ । काजकिरिया पनि सकिन्छ ।
समयसँगै बुबा छोरा आफ्नै संसारमा रमाउने कोशिस गर्न थाल्छन् । बाबु छोराको दुखी अवस्था देखेर छिमेकी पनि निरस छन् । बखत बहादुर घरधन्दा गर्छ, छोरालाई खुवाउने पिलाउनेदेखि स्कुल पढाउन लैजान थाल्छ ।
। घरमा एक्लै हुँदा आफ्नो स्वास्नीलाई सम्झी टोलाइरहन्छ रहन्छ । श्रीमतीसँगको हेलमेल, माया प्रीतिको क्षणहरू, मेलापातका दृश्यहरू, घरमा भएका अमूल्य पलहरू सम्झिदा उसको मुटु भकानिन्छ ।
बिस्तारै समयसँगै देउती बितेको घटना पुराना हुँदै जान्छ । छिमेकीले एक्लै घर व्यवहार चलाउन यसरी सकिँदैन भनेर कुरा गर्न थाल्छन् । अब तैँले आफ्नो घर व्यवहार चलाउन, छोरा हुर्काउन भने पनि दोस्रो विवाह गर भनेर भन्न थाल्छन् आफन्त पनि ।
ससुरालीले समेत दोस्रो विवाह गर्न दबाब दिन थाल्छन् । बखतबहादुर भन्छ- ‘म कहिल्यै यस्तो काम गर्दिन, म मेरो छोराको लागि सौतिने आमा ल्याउँन सक्दिन । जस्तो अवस्था आए पनि म मेरो छोरालाई आमाको बुबाको माया दिएर हुर्काउँछु । म आफैँ यो घर सम्हाल्छु र म मेरो छोरालाई कहिल्यै सानिआमा ल्याएर छोराको मन दुखाउन चाहन्न । नत्र मलाई देउतीको श्राप लाग्छ ।’
समयको क्रमसँगै छोरा बढ्दै जान्छ । स्कुलमा पनि राम्रो पढाइमा हुन्छ, उदाहरण हुन्छ वासु । छोराको प्रगतिबाट बाबु खुशी हुन्छ । घरको सानोतिनो काम मिलेर गर्दै जान्छ बुबा छोरा । खुशी साथ जीवन अगाडी बढिरहेको हुन्छ ।
एकदिन कोठामा श्रीमतीको फोटोको अगाडी बसेर रुँदै बखतबहादुर भन्छ- ‘देउती तिमीले दिएन वचन अनुसार मैले तिम्रो छोरालाई कुनै कुराको कमी हुन नदिई हुर्काइ रहको छु । हेर त आज तिम्रो छोरो फष्ट भएर आयो । तिमी जहाँ भएपनि यसै गरी छोरालाई आशिर्वाद दिइराख । छोरा चाहीँ बाबुलाई भनिरहेछ म छु बा नरुनुहोस ।
‘आजकाल प्रत्येक दिन गाउँलेहरू घरमा आएर बखत बहादुरलाई अर्काे बिहे गर्न दबाब दिइरहेका छ्न । केही गरी तँ बिरामी परिस् भने के गर्छस्, तेरो छोरालाई कसले हेरचाह गर्छ, घर व्यबहार कसरी चल्छ’ भन्नेहरूले यसै भनिरहदा थोरै बखत बहादुरको मनमा पर्न थालेको छ ।
अचानक बखत बहादुरलाई डेंगू हुन्छ इन्तुचिन्तु भएर ढल्छ । ज्वरो हनहनी आउँछ । छोरालाई हेरविचार गर्ने, पानी पनि दिने मान्छेसम्म पनि हुँदैनन् । अब बखतबहादुर गाउँलेले भनेको आफन्तले भनेका कुराहरू सम्झिन थाल्छ । केही दिनपछि जसोतसो छिमेकीहरूको सहयोगमा बिरामीबाट निको भएर उठ्छ र घर व्यवहारमा लाग्छ ।
उता ससुरालीबाट पनि सासू ससुराहरूले ज्वाइँ र नातिले दुःख पाएको देखेर फेरि पनि दोस्रो विवाह गर्न कुरा उठाउँछन् । बखत बहादुर भन्छ- ‘म एउटा छोरा भएको मान्छेसँग सितिमिति कसैले बिहे गर्दैन । यदि कसैले गरी हाले पनि मेरो छोरालाई दुःख दिन्छन्, सौतेनी व्यवहार गर्छन् त्यसैले बिहे गर्ने कुरै नगर्नुहोस् ।’ सासुआमा भन्छिन–‘बाहिरको मान्छे बिहे नगरे पनि तपाईंले छोराको लागि आफ्नै छोरो सम्झने तपाईंको पनि सेवा गर्ने घर व्यबहार पनि सम्हाल्ने मेरै कान्छी छोरी तपाईंको सालीसँग बिहे गर्नुहोस्, सुखले जिन्दगी बिताउनुहोस् ।’
सासुले सारै ढिपी गरेपछि बखानबहादुर भन्छन् ‘ठीक छ म बिहे गर्छु तर एउटा सर्तमा मात्रै । बच्चा नजन्माउने र यही भएको छोरालाई आफ्नो छोरा सम्झी घर चलाउने हो भनेमात्र विवाह गर्छु ।’ सासू ससुराले सालीसँग पनि यो कुरामा सहमत गराएर सरसल्लाहमै दोस्रो विवाह गराउछ्न ।
साली सलिनासँग दोस्रो विवाह गर्छ्न बखतबहादुर । विवाहपश्चात् पुनः खुशीयाली छाउँछ । सलिना पनि दिदीको छोरालाई आफ्नै छोरा सम्झी माया गर्दै घर व्यवहार चलाउँदै भिनाजुसँग खुशी साथ जिन्दगी बिताउन थाल्छिन ।
समय बित्दै गएपछि सलिनाको विषयमा पनि गाउँ छिमेकमा कुरा काटनेहरू बढन थाल्छन् । यो त बाझी आइमाई हो कि भनेर कुरा काटन थाल्छन् पधेरा मेला हुँदी महिलाहरू । चौतारीमा गाउँ छिमेकीको साथमा कुराकानी हुँदा सलिना भन्छिन- ‘म दिदीको सौता होइन, वासुदेवलाई आफ्नो छोरा सम्झी जीवन बिताउने र बच्चा नजन्माउने सर्तमा मात्रै बिहे गरेका हुँ ।’
गाउँलेहरूलाई खस खस बढिरहन्छ । सलिनालाई उचाल्न थाल्छन् । भन्न थाल्छन्- ‘आफ्नो भनेको आफ्नै हुन्छ भोलि के थाहा त्यो छोराले तिमीलाई हेर्छ कि हेर्दैन, माया गर्छ गर्दैन, पछि दुःख पाउलिउ, अहिले नै होसियार गर सलिना । एउटा बच्चा पिण्डको पूजा गर्न पनि जन्माउनुपर्छ ।’
पुसको जाडोमा सबै खुइलिएको पाखो मात्र देखिन्छ । देउती अमला चौरमा पुगेर भीरतिर उक्लिन्छे । एक बुट्टो खनायो हरियो देखिन्छ भीरमा । जाडो खुब छ । खनायो काटन खोज्दा अचानक देउतीको खुट्टा चिप्लिन्छ र तल खोल्सोनेर पुगेर उनको टाउको बजारिन्छ । असहयी वेदना देउती चिच्याएको घाँस काटन आएका मानिसहरूको कानमा पर्छ । घाँस काट्न आएका गाउँलेहरूले हाहाकार मच्चाउँछ्न, केही बेरमा खोल्सा वरिपरि गाउँलेहरू भेला हुन्छन् । आँखाभरी भय बोकेर बखतबहादुर पनि आइपुग्छ ।
कता कता सलिनालाई कुरो सही हो कि जस्तो लाग्छ । एकदिन घाँस काटन जाँदा त्यो छोरोले आफूलाई हेपेको, आफूले भनेको केही नमानेको त मेरो आमा हैन सौतेनि आमा होस भनेको विभिन्न किसिमको कुराहरू सम्झिन थाल्छे ।
बेलुका श्रीमान् कोठामा आएपछि सलिना भन्छे ‘अब यसरी हुँदैन बुढा । समय वित्दै गईसक्यो । मलाई कता कता बच्चाको चाहाना हुन थालेको छ हामी पनि एउटा बच्चा पाउन है ।’ यो कुरामा लोग्नेले इन्कार गर्छन् यही कुराले लोग्ने स्वास्नीबीच मनमुटाव सुरु हुन थाल्छ । बोलचाल बन्द हुन्छ ।
समयसँगै यसरी घर व्यवहार नचल्ने र छोराको भविष्य पनि बिग्रने डरले श्रीमतीसँग बच्चा जन्माउने कुरा बखत बहादुरलाई पनि ठीक लाग्छ । कालान्तरमा एउटा बच्चा जन्माउँछन् सलिना र बखत बहादुरले ।
त्यसपछि घरमा दुई छोरा हुन्छन् । सानी आमाले आफ्नो छोरा जन्मिएपछि दिदीको छोरा र आफ्नो छोरालाई गर्नै मायामा भेदभावको प्रक्रिया सुरु हुन्छ । खुशीयाली छाएको घरमा कता-कता पुनः अशान्ति छाउन थाल्छ ।
एवम्रितले यो क्रम बढ्दै जान्छ । बाबुले यस्तो व्यवहार नगर भन्दा श्रीमान् श्रीमतीकै झगडा बढ्न थाल्छ । आमा चाहीले आफ्नो छोरालाई काखा दिदीको छोरालाई पाखा लगाउने व्यवहार बढ्दै जान्छ । यो अवस्था सहन नसकी पहिलो छोराले घर छोडेर बेपत्ता हुन्छ ।
समयसँगै सलिनाको छोरा पनि किशोर वयमा पुग्छ । माया गरेको छोरा पढ्न छाडेर कुलतमा फस्छ, झैँ झगडा गर्ने, पैसाका लागि घरमा किचकिच गर्ने र बुबा आमाको अधीनमा नबस्ने, छिमेकमा पनि मारपिट गर्ने हुन थाल्छ ।
बखतबहादुर आफ्नो जेठो छोरा कहाँ होला, के गर्दै होला, कस्तो अवस्थामा छ होला भनी सम्झिँदै रहेको हुन्छ । घरमा भएको एउटा छोरो पनि लागूपदार्थ केसमा प्रहरीको हिरासतमा परिसकेको हुन्छ ।
एक भदौमा सलिना बिरामी पर्छिन, अस्पताल लैजान पर्ने अवस्था आउँछ । उपचारको क्रममा बखतबहादुर सलिनालाई कुरेर एक्लै कुर्ने अवस्थामा हुन्छ ।
एउटा डाक्टरले माया प्रेमका साथ उपचारमा सहयोग पु¥याई रहेको हुन्छ । डक्टरलाई देखेर बाबुले मेरो छोराले पनि घर नछाडेको भए आज यस्तै डाक्टर हुन्थ्यो होला भनेर सम्झेर मन दुःखाउँछ । जसो त्यसो उपचार हुन्छ, स्वास्नी ठीक भएपछि घर लाने बेलामा पैसा नभएर विचलि अबस्था सिर्जना हुन्छ । त्यसैबेला त्यही डक्टर आएर तपाईं आफ्नो श्रीमतीलाई घरमा लान सक्नुहुन्छ । हस्पिटलमा लागेको सबै पैसा मैले मिलाई सके भन्छन् ।
बाबु तिमी धन्य छौ । तिमी जस्तो छोरा जन्माउने आमा बाउ कस्तो होलान् भनेर आशीर्वाद दिन्छन् दुबै दम्पती । यो कुरा सुनेर डाक्टर रुन थाल्छ र बुबा म तपाईं कै छोरा हुँ भन्दा वातावरण भावुक वन्छ । सबै जान एक आपसलाई अंकमाल गरेर रुन थाल्छन् ।
बखातबहादुर सलीनातिर हेरेर भन्न थाल्छ ‘देखिस् आज तेरो ज्यान तेरै आफ्नै दिदीको छोराले बचायो हस्पिटलको सबै खर्च पनि उसैले ग¥यो । तेरो यो अवस्थामा तैँले खुब माया गर्नै तेरो छोरो खै कहाँ गयो ?’
बखत बहादुरको कुरा सुनेर सलिना डाको छोडेर रुँन्छे । अनि भन्न थाल्छे- मलाई माफ गर छोरा मैले तिमिलाई धेरै दुःख दिए आज मैले जे सोचेको थिए । त्यो सब ब्यर्थ भयो । तिमिले नै हाम्रो अब रेखदेख हेर विचार गर्नुपर्छ । तिमीले घर छाडेपछि तिम्रो भाइ पनि कुलतमा फस्यो, हामीलाई साह्रै दुःख दियो । अहिले प्रहरीको हिरासतमा छ । मेरो त उद्धार त गयौँ त्यस्को पनि उद्धार गर भनी अंगाले मार्छिन् । त्यसपछि त्यो परिवारको खुशी फेरि फर्किन्छ । (लेखक केसी नेपाल वरिष्ठ कलाकार हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच