भोजपुर । कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्य यात्रा’ को विमोचन सहित चर्चा गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहितले सोमवार साे कविता कृतिको विमोचन गर्नु भएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नु भएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति प्रकाशन भएको हो । कविता कृति भित्र जम्मा ५८ वटा कविताहरू समावेश छन् ।
त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शंकरकुमार राई, बाबुराम ओझा र संग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठ लगायतले कतिता कृतिका बिषयमा आआफनो धारणा राख्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच