काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताउनुभएको हो । उहाँले श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गर्नुभएको हो ।
उहाँले संविधान बमोजिम श्रम बजरको लागि नीतिगत र कानूनी संरचनाहरु तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको बताउनु भयो । उहाँले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको बताउनु भयो । उहाँले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धि रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् । श्रम ऐन, २०७४ लगायतका ऐन र हकहरु कार्यान्वयनमा रहेका छन् । यसका अलवा हामीसँग विभिन्न नियमावली तथा मापदण्डहरु लागू भएका छन् । उल्लेखित श्रम नीति, ऐन तथा कानून र मापदण्डहरु योजनावद्ध कार्यान्वयन गर्न बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनाहरु क्रियाशील छन् । श्रम तथा पुँजी बजारलाई औपचारिकरण गर्न औपचारिकरण रणनीतिको तयारी भइरहेको छ । कानूनले द्विपक्षीय, त्रिपक्षीय संयन्त्रको व्यवस्था गरेको छ । यद्धपी नीति, कानून, योजना र संरचनाहरुलाई दृष्टिगत गर्दा श्रम रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा हामीले धेरै नै उपलब्धी हासिल गरेका छौं । संविधान बमोजिम नीतिगत र कानूनी संरचनाहरु तयार भएका छन् । तर यसको अनुभुति आम श्रमिकले गर्न पाइरहेका छैनन् । श्रम बजार अझै कमजोर, अव्यवस्थित असुरक्षित र अमर्यादित तथा अनौपचारिक हुँदै गइरहेको हामीले महशुस गरेका छौं । श्रम बजारलाई ओपचारिकरण गर्ने क्रममा श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउँ । जति नै बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्यायौं । अधिकांश रोजगार दाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने, सरुवा गर्ने, निष्कासन गर्ने र नियमित रोजगारीलाई आउट सोर्सिङ गर्ने काम गरिरहनुभएको छ ।’
उहाँले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच