सेयर बजार फेरि घट्यो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साताको दुई दिन बढेको सेयर बजार पुनः घटेको छ । आइतबार १० र सोमबार ४४ अंकले बढेको बजार मंगलबार १९ अंकले घटेको हो । नेप्से १९.४२ अंक घटेर १९६७.५७ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स पनि २.५० अंकले घटेर ३७९.१४ अंकमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेर एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ रुपैयाँमा सीमित भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर खरिद कारोबार भएको छ ।

अघिल्लो दिन एक अर्ब ५१ करोड ८३ लाखको कारोबार भएको थियो । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डबाहेक १२ वटै घटेका छन् । म्युचुअल फण्ड ०.०४ प्रतिशत बढेको छ भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरै घटेको छ ।

तर, शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर ७.५८, अपर स्याङ्गे हाइड्रोपावर ६.७६, अरुण काबेली पावर ४.२२ र दोल्ती पावरको ३.९५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने सुपरमादी हाइड्रोपावरको सेयरमूल्य ७.२२, हिमालयन ऊर्जा विकास ६.९४, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ५.८२ र अपर सोलो हाइड्रोइलेक्ट्रिक कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको छ । सर्वाधिक नेपाल एसबिआई बैंकको सात करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो ठूलो कारोबार भएको शिवम् सिमेन्ट्सको छ करोड ३५ लाख, एभरेष्ट बैंकको चार करोड ५५ लाखको सेयर कारोबार भएको छ भने आइएमई लाइफको तीन करोड ३० लाख रुपैयाँ तथा सोल्टी होटलको दुई करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?