काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार पुष्पाञ्जली हस्पिटल प्रालि भरतपुर, चितवनसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण सेयर सदस्य, कर्मचारी तथा खातावालाले जेठ १० गतेसम्म समृद्धि मोबाइलबैंकिङ, डेबिड कार्ड तथा क्युआर प्रयोग गरी पुष्पाञ्जली हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउनेछन् ।
सम्झौतापत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटलका प्रबन्ध निर्देशक सुजनराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ । ओपिडी सेवामा २० प्रतिशत, हस्पिटलको आन्तरिक सेवामा २० प्रतिशत, औषधिमा तीनदेखि पाँच प्रतिशत र साना तथा ठूला शल्यक्रियामा २० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच