जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसिएचआर) भोल्कर टर्कले भन्नुभयो,‘यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।’
सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख भएको छ ।
टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताउनुभयो ।
प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग गरेको धेरै जसो केसहरूमा इजरायलले दाबी गर्यो । यद्यपि, प्रतिवेदनले यी आरोपहरूलाई ‘अस्पष्ट र फराकिलो’ भनी वर्णन गरेको छ ।
टर्कले भन्नुभयो,‘युद्धको समयमा अस्पतालहरूको सुरक्षा सर्वोपरि हुन्छ तथा सबै पक्षहरूले सधैं सम्मान गर्नुपर्छ ।’ रासस/सिन्ह्वा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच