बोन । संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ । जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ-बाउरले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गर्नुभयो ।
युएनएचसिआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।
अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कंगो तथा म्यानमारको अवस्थाले शरणार्थी संख्या वृद्धिमा योगदान पुर्याएको छ ।
गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाखभन्दा बढी मानिसलाई जबरजस्ती विस्थापित भएको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच