प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भावी गृहमन्त्रीका विषयमा छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गर्नुभएकाे हाे ।

नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएकाे छ ।

नागरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन हुनुभएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहनु भएकाे छ ।

सोही क्रममा मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न उहाँ बालुवाटार पुग्नुभएकाे हाे । गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्ड भने तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा हुनुहुन्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?