
काठमाडौं । ज्योति विकास बैंकले धुलिखेलस्थित दुुषित थानी हिमालयन रिसोर्टमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै ज्योति बैंकका ग्राहकले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्नेस स्पा, स्विमिङ पुल, ज्याकुजी, स्टिम, साउनाजस्ता सुविधामा ज्योति विकास बैंकका ग्राहकलाई छुट प्रदान गर्ने बैंकले जनाएको छ ।
हालै बैंकले पोखरास्थित टेका रिसोर्टमा ३० प्रतिशत र अतिथि रिसोर्ट एण्ड स्पामा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ भने खोटाङस्थित जाम्बाला रिसोर्टमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच