
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाउनुभएको छ ।
एमालेको कारबाहीपछि अगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेको बताउनु भयो । उहाँले देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि उदांगो भइरहेको बताउनु भयो । उहाँले राजनीतिक पद, धन र नियतलाई स्वार्थपूर्तिको माध्याम बनाइएको आरोप लगाउनु भयो । देशको संस्कृति र मर्यादामा गम्भिर प्रहार भइरहेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियता, स्वाधिनता एकदमै कमजोर बनाइएको छ । राजनीतिक पद, धन र नियत स्वार्थपूर्तिको माध्याम बनाइँदैछ । ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेका छन् । जसरि जोसँग मिलेर भएपनि पद फत्याउने होड चलिरहेको छ । अन्तरराष्ट्रिय सम्बन्ध र कुटनीति एकदमै फितलो र लज्जास्पद बनाइएको छ । असमान सन्धि सम्झौताहरुको भारी निरन्तर बढ्दो छ र सिमा र सम्पती असुरक्षित बनेको छ । विप्रेसणको आधारमा अर्थतन्त्र थामिएको छ । कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार, उद्योग, वन पैदावार लगायत प्राकृतिक स्रोत र रोजगारी लगायत सबै क्षेत्र देश र जनताको हित र निर्देशिका बमोजिम चलाइएका छैनन् । एक करोड नेपाली देश बाहिर गएको, एक तिहाई जग्गा बाँझो र झन्डै पाँच लाख घर रित्तिएका छन् । देशको संस्कृति र मर्यादामा गम्भिर प्रहार भइरहेको छ ।
देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि अर्को उदांगो भइरहेका छन् । कतिपय भ्रष्टाचार काण्डमा ठूला भनिएकाहरुलाई जोगाइँदैछ । वा भ्रष्टाचारमा पर्दा हाल्ने दुष्प्रयास हुँदैछ । कमिसन र घुसखोरि महामारी नै बनिरहेको छ । बाहिरी हस्तक्षेप व्यापक बनेको छ । सत्तामा हालि मुहाली गर्ने ठूला भनिएकाहरु नै यस्तो हस्तक्षेप निम्त्याउने उपकरण बनेका छन् ।’
नेता रावललाई पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच