नवलपरासी। पश्चिम नवलपरासीको सुनवल–७ चारपाला स्थित लक्ष्मी स्टिल फ्याक्ट्रीमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।
रुपन्देही मायादेवी गाउँपालिका–५ तिलोरा बस्ने २५ वर्षीय सुरेश चौधरीको आज बिहीबार बिहान करिब ११ः४० बजे दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
फ्याक्ट्रीभित्र काम गरिरहेका चौधरी चप्पल चिप्लिएर लड्दा लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किचेका थिए। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो १२ बजे चिकित्सकले उनलाई मृत घोषित गरे।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ। क्रेन र यसको मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापछि फरार क्रेन चालकको खोजी कार्य जारी छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच