झापा । झापा इनर्जी प्रालिको स्वतन्त्र बोर्ड डाइरेक्टरमा दिपेन्द्र प्रसाईं मनोनित हुनुभएको छ ।
झापाका प्रसाईंलाई झापा इनर्जी प्रालिको छैटौं साधारण सभाले मनोनयन गरेको हो ।
प्राध्यापन पेसामा रहनुभएका प्रसाईं विगत लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएको छ।
नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको झापा इनर्जी निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको सौर्य ऊर्जा परियोजना हो ।
जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित यो परियोजना पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा सञ्चालन भइरहेको छ ।
सोही स्थानमा सौर्य प्यानल राखिएको छ । प्रतिनिधिसभामा झापा ४ का सांसद एलपी साँवाको नेतृत्वमा रु ८१ करोडको लगानीमा पाँच वर्षअघि यो परियोजना निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ ।
झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको हो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने छ । परियोजनास्थलबाट प्राधिकरणको बाेलाेचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच