धादिङ । अघिल्लो बर्ष जस्तै चमेरे गुफा संरक्षण समाज निलकण्ठ नगरपालिका ५ खाल्टे फ्याक्से धादिङले माघ १ गते १०औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
चमेरे गुफा संरक्षण समाजको आयोजनामा यस बर्ष पनि राष्ट्रिय कलाकारका साथै गोरु जुधाई प्रतियोगिताको आयोजना गरीएको चमेरे गुफा संरक्षण समाजका सचिव क्षितिज श्रेष्ठले जानकारी दिनुभयो । गोरु जुधाई प्रतियोगिताको लागि गोरु दर्ता गर्ने समय पनि निर्धारण गरिएको छ । पुस २० गते मध्यान्ह १२ बजे स्कुल डाँडामा आ-आफ्नो गोरु दर्ता गराउन सचिव श्रेष्ठले आग्रह गर्नुभएको छ ।
दर्ता शुल्क १ हजार मात्र रहेको र एक दिन मात्र दर्ताको लागि समय छु्ट्याइएको चमेरे गुुफा संरक्षण समाजका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । माघ १ गते माघे संक्रान्तिको दिन हास्यव्यंग्य कलाकार पवन खतिवडा (क्याकुरी) को टिम र नवराज काप्री(भाले) को टिमको प्रस्तुति रहने छ । दशौं गोरु जुधाई प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको अवलोकनको लागी आयोजकले सबैलाई आग्रह गरेको छ । खाल्टेमा विगत सात वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस्ते नुवाकोट र धुवाकोटमा गोरु जुधाई कार्यक्रम हुने भएको छ ।
के हो गोरु जुधाइ मेला ?
नुवाकोट जिल्लाको तारुका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो । हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ ।
ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो । मनोरञ्जनको हिसावले मनाइने गोरु जुधाइ मेलालाई व्यवस्थित गर्न गोरुजात्रा मेला व्यवस्थापन समितिको गठन गरिएको छ ।गोरु जुधाइ आयोजना गर्न तत्कालीन मैदानको गाविस, जिविस र स्थानीयवासीको सहयोगमा साढे १० लाखमा गोरु जुधाउने मैदानको समेत व्यवस्था गरिएको थियो । तारुकाको ऐतिहासिक परम्परा जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरु दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरिदै आएको छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि धादिङ, काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन् ।
पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा
नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । यहाँ घले र तामाङ समुदायको बासोबास रहेको स्थानमा गोरु जुधाइको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइने गरिएकोसँग जोडिन्छ ।
पञ्चकन्यामा जुधाइने गोरु बाइसे/चौबीसे राज्य सञ्चालनको समयमा घले राजाहरूले मनोरञ्जन लिन गोरुलगायतका पशु/चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ ९रमेश०ले जानकारी दिए । यहाँ विसं २०७२ देखि संस्थागतरूपमा गोरु जुधाउन थालिएको हो ।
गोरु जुधाइ भिडन्तलाई धार्मिक एवं सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरु जुधाइलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच