काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आज (शनिबार) १९औं एनएनआईपिए स्पोट्र्स अवार्ड गर्दै छ । यसका लागि सम्पूर्ण तयरी पूरा भएको आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रम यसपालि काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैंजु मन्दिर हातामा हुने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिनेछ । चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यति नै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।
सम्बन्धित खेल संघको सिफारिशमा खेलाडीलाई वर्ष खेलाडी अवार्डसहित जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसमध्येबाट एक-एक पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिनेछ । उनीहरू समान एक लाख पाउनेछन् । पुरुष/महिला दुवैमा एक-एक खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पुराना खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपिए खेल पत्रकारिता पुरस्कारबाट एक-एक जनालाई जनही ३५ हजारबाट सम्मान गरिने बताइएको छ । पाराका एक खेलाडीलाई १५ हजारसहित उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच