इलाम । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस सोसाइटी इलाम शाखालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंक स्थापनाको १९ वर्ष प्रवेश गरेको अवसरमा इलाम शाखा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम रेडक्रसलाई ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
इलाम सदरमुकाममा शुक्रबार एक कार्यक्रमबीच रेडक्रस इलाम सभापति शिव गौतमलगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको बैंकका इलाम शाखा प्रमुख सुवास भट्टराईले जानकारी दिनुभयो । सभापति गौतमले सामाजिक कामले समस्यामा परेकालाई सहयोग पुग्नुका साथै अन्यलाई समेत यस्तै सामाजिक उत्तरदायी बनाउन यस किसिमका कार्यक्रमले प्रोत्साहित गर्ने बताउनुभयो ।
रेडक्रस इलाम शाखाले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपद्मा राहतलगायतका सेवा प्रदान गर्दै आएको छ । सो अवसरमा मुक्तिनाथ बैंक इलाम शाखाका अन्य कर्मचारी, विभिन्न बैंकका प्रतिनिधि, बैंकका सेवाग्राही, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । २०६३ पुस १९ गतेदेखि सञ्चालनमा आएको बैंक २०८१ पुस १९ गते १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच