सेयर बजार आज पनि ओरालो

Read Time = 2 mins

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा घटेको छ ।  बिहीबार नेप्से सुचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अङ्कले घटेर ३५३.०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सुचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

यसअघि बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३  विन्दुमा आएर रोकिएको थियो।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

ADVERTISEMENT

त्यस्तै, कारोबारको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ ।

बिहीबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?