
तिलकप्रसाद लुइँटेल लेपाली साहित्यका चिनिएका व्यक्तित्व हुनुहुन्छ । उहाँले चार वेदको नेपालीका अनुवाद गर्नुभएको छ । केही पुराणहरू पनि उहाँबाट अनुवाद भएका छन् । गतवर्ष उहाँको दुःखद् निधन भयो । उहाँको निधनको वर्षदिनको सन्दर्भ पारेर उहाँको स्मृतिग्रन्थ प्रकाशित गरिएको छ । यसबाट उहाँको जीवनको उतारचढाव, उहाँको साहित्य लेखनका सन्दर्भहरू, जीवनका विविध पक्षहरूका बारेमा जान्न चाहनेका लागि यो ग्रन्थ सन्दर्भ सामग्रीका रूपमा उपयोग हुनसक्ने देखिन्छ ।
यस ग्रन्थको संयोजनको काम साहित्यकार दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको छ भने सम्पादनको जिम्मेवारी साहित्यकारद्वय नरनाथ लुइँटेल र चन्द्रा न्यौपानेले पूरा गर्नुभएको छ । राष्ट्रिय सुसेली फाउण्डेशन र तिलकप्रसाद लुइँटेल स्मृतिकोषका तर्फबाट उहाँकी पत्नी गीता तथा छोरा विभव लुइँटेल यसको प्रकाशकका रूपमा रहनुभएको छ । सर्वाधिकार प्रकाशकमा रहेको यस ग्रन्थको प्रथम संस्करण र यो २०८१ सालको मंसिरमा सार्वजनिक भएको छ । यसमा भूमिका खण्डसहित १८० पृष्ठ छन् र यसको मूल्य सहयोग स्वरूप २५० रुपैयाँ छ । गौरव आर्ट कलंकीको डिजाइन रहेको यस ग्रन्थको लेआउट हाम्रो कम्युटर सेवा कलंकीबाट भएको छ ।
यस ग्रन्थमा स्वर्गीय तिलक लुइँटेललाई सम्झिएर लेखिएका ७४ जनाका रचनाहरू रमेटिएको पाइन्छ । संस्मरण, दृष्टिकोण, जानकारी आदि भाव समेटेर लेखिएका यस्ता रचनामा अधिकांश लेख नै छन् र केही कवितात्मक रचना पनि छन् । संस्मरणात्मक लेखहरूको संख्या बढी रहेको छ ।
डिएमआई साइजमा रहेको यस ग्रन्थमा सेतो तौलयुक्त, कागज प्रयोग भएको छ । यसको छपाइ स्तरीय छ तर अशुद्धि भने बाक्लै भेटिन्छन् । यस ग्रन्थको आवरण आकर्षक छ । आवरणमा दिवंगत लुइँटेलको ठूलो फोटो राखिएको छ र माथि ठूला अक्षरका पुस्तकको नाम तिलकप्रसाद लुइँटेल र साना अक्षरमा स्मृतिग्रन्थ भनिएको छ । पृष्ठआवरणमा फोटोसहित उहाँको चिनारी दिइएको छ जहाँ उहाँको व्यक्तिगत विवरणदेखि उहाँका प्रकाशित कृतिहरू, पाएका पुरस्कार, मान, सम्मान, गरेका साहित्यिक तथा सामाजिक कार्य, अपनाएको पेशालगायत विवरण दिइएको छ । तल प्रकाशक संस्था राष्ट्रिय सुसेली फाउण्डेशन, सुखशान्ति मिडिया र फित्कौलीको लोगोसहित नाम उल्लेख भएको छ ।
पुर्कोट अपसेट प्रेस ताहाचल काठमाडौंमा मुद्रण भएको यस पुस्तकको भूमिका खण्डमा प्रकाशकीय र सम्पादकीय छन् । यसबाहेका अन्य कसैबाट भूमिका लेखिएको पाइँदैन । त्यसपछि रचनाक्रम शीर्षकमा विषयसूची छ । यहाँबाट जानकारी भएका आधारमा यस ग्रन्थमा स्वर्गीय लुइँटेललाई सम्झिएर लेखिएका ७४ जनाका रचना रमेटिएको पाइन्छ । संस्मरण, दृष्टिकोण, जानकारी आदि भाव समेटेर लेखिएका रचनाहरूमा अधिकांश लेखहरू नै छन् र केही कवितात्मक रचना छन् । संस्मरणात्मक लेखहरूको संख्या बढी छ ।
यहाँ स्वर्गीय लुइँटेलका छोरा विभव र पत्नी गीताका साथै प्रा.जगतप्रसाद उपाध्याय, डा.शैलेन्दुप्रकाश नेपाल, इ.ईश्वरचन्द्र बानियाँ, प्रा.रामप्रसाद ज्ञवाली, कलानिधि दाहाल, विनोद दाहाल, विष्णुप्रसाद पन्त, रमेश शुभेच्छु, डा.बमबहादुर थापा, दुर्गा अधिकारी भमरकोटे, डा.बमबहादुर थापा जिताली, गोविन्द घिमिरे वेदमणि, चन्द्रमणि अधिकारी, शारदा पराजुली, ओमप्रसाद कोइराला, पुनम घिमिरे, गंगा कर्माचार्य, डा.कौशिला रिसाल, त्रिलोचन आचार्यलगायत वरिष्ठ तथा कनिष्ठ लेखकहरूका रचनालाई स्थान दिइएको छ । संयोजक, सम्पादक तथा प्रकाशकको यो प्रयास प्रशंसनीय छ ।
यस ग्रन्थमा समेटिनुभएका लेखकलाई भने कि वरिष्ठताका क्रममा कि वर्णानुक्रमका आधारमा राखिएको भए उचित हुने थियो भन्ने सुझाब दिनु अन्यथा नहोला । मानिसको जन्मपछि मृत्यु स्वाभाविक मानिन्छ तर तिलक लुइँटेलको निधन भने असमयमै भएको हो । ६१ वर्षको उमेरमा मृत्यु वरण गर्न पुग्नुभएका उहाँका परिवारजन हितमित्र र शुभेच्छुकहरूबाट भएको प्रयास स्तुत्य छ । संलग्न सबैलाई धन्यवाद दिँदै स्वर्गीय लुइँटेलप्रति हादिक श्रद्धाञ्जलि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच