
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित जिल्ला शाखाका पदाधिकारी, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै पत्रकारहरूले सञ्चार क्षेत्रमाथि राज्यले नियन्त्रण कायम गर्न खोजेको भन्दै गुनासो व्यक्त गरेका छन्।
नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार क्षेत्रको दिगोपना सुनिश्चित गर्न अभिभावकको भूमिका निभाउन नसकेको र यसको सट्टा कानुन तथा नीतिका नाममा सञ्चार जगतलाई कुण्ठित पार्ने प्रयास भइरहेको बताउनु भयो। “राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्न विभिन्न बहाना बनाउँदै आएकोले सञ्चारकर्मीहरू हरेक समयमा सचेत रहनुपर्ने बताउनु भयो ।
पोखरेलले विज्ञापन वितरण प्रणालीमा बिचौलियाको भूमिका हटाउनु पर्ने बताउनु भयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सबिन प्रियासनले संकटमा रहेका सञ्चार माध्यमलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो। यस्तै, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महासंघले पहल गर्नुपर्ने धारणा राख्नुभयो।
सम्मान कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लिला शाह, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच