
रुपन्देही । तीन चरणमा सम्पन्न पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । यस अघि नवलपरासी र सैनामैनामा २ चरणको कार्यक्रम सम्पन्न भैसकेको छ ।
तिलोत्तमाको वनवाटिकामा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सहकारी क्षेत्रलाई ब्यबस्थित, मर्यादित र थप विश्वसनिय बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
करोडौं लगानी गरेर भित्र्याइएका सवारी साधनहरु गुडाउँदा सडकको दुरावस्थाका कारण व्यवसायीहरु मारमा परेको बताउँदै उहाँले सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले ब्यबसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको नीति रहेको उल्लेख गर्दै जीवनभर यातायात क्षेत्रमा काम गरेका ब्यबसायी र मजदुरहरु जीवनको उत्तराद्र्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनु भयो ।
यसका लागि तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको कुरामा उहाँको जोड थियो । संस्थाले २००६ र २००७ मोडलका ४१ वटा सवारी साधनलाई विस्थापित गरेको छ । हाल प्रालिले आफ्नै मातहत लगानीमा पश्चिम नेपाल टायर्स एण्ड ट्रिट प्राली समेत संचालन गरि सुपथ मूल्यमा व्यवसायीहरुलाई विक्री वितरण गरेको खरेलको भनाई छ ।
कार्यक्रममा तत्कालिन संघका पुर्व अध्यक्ष तुलसीराम बञ्जाडेले विगतको तुलनामा यातायातको क्षेत्रले निकै फड्को मारेको बताउनु भयो । उहाँले हिजो यातयात व्यवसायीलाई हेर्ने दृष्टिकोण आज परिवर्तन भएको बताउँदै यातायात क्षेत्रमा काम गर्ने हरेक मजदुरहरुको आनीबानी र रहनसहनमा समेत सुधार आउनुका साथै उनीहरु स्वरोजगार मजदुर समेत बनिसकेको बताउनु भयो ।
सहकारीले गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा विजेताहरूलाई सो अवसरमा सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले यातयात क्षेत्रले राष्ट्र निर्माणमा अहम भूमीका खेलेको बताउदै पत्रकारिताको माध्यमबाट आफुहरुले समाज रुपान्तरण तथा यातयात क्षेत्रको विकासमा सहकार्य गर्ने बताउनु भयो ।
सहकारीका उपाध्यक्ष जीवनकुमार बञ्जाडेले हाल सहकारीमा २ सय ५८ जना महिला शेयर सदस्य र १ हजार ८ सय ९२ पुरुष शेयर सखस्य गरि २१ सय ८५जना शेयर सदस्यहरु रहेको बताउनु भयो । बञ्जाडेले प्रालिले २०६६ साल देखि नै निरन्तर रुपमा आन्तरिक सवारी व्यवस्थापन, अनुगमन तथा दुर्घटना न्यूनिकरणको कार्यक्रम संचालन गर्दै आएको छ जसका कारण दुर्घटनामा समेत कमी आएको बताउनु भयो ।
यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलीकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ ।
चालकलाई डिजिटल माध्यमबाट परिचयपत्र बनाई वितरण गरिएको तथा प्रालिबाट प्रदान गरिने हरेक सेवालाई प्रविधि मैत्री सेवा विस्तारका लागि विशेष योजना बनाएको र प्रालिबाट संचालित स्तरिय र ब्राण्डेड सवारी साधनमा जिपिएस, सिसी क्यामेरा साथै गति मापन यन्त्र जडान कार्यसमेत भैरहेको संचालक मोहन पिएसको भनाइ छ ।
साधारण सभामा लामो समयदेखि असल चालकका रुपमा कुनैपनि दुर्घटना नगराएर दुर्घटना न्यूनिकरणमा भूमीका खेलेकोमा असल तथा स्वरोजगार चालकहरु रमेश न्यौपाने र उद्धबहादुर सुवेदीलाई सम्मान गरेको छ ।
त्यस्तै कर्तव्य निष्ट असल कर्मचारीहरुमा शंकर खरेल, विश्व न्यौपाने, सम्मर बहादुर थापा, सहकारीका तर्फबाट असल कर्मचारीका रुपमा कार्यरत जंगबहादुर श्रेष्ठ तथा स्वरोजगार व्यवसायी सन्तु सिंह गान्धीलाई सम्मान गरिएको कर्मचारी राजन शर्माले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच