काठमाडाैं । गृहमन्त्री रमेश लेखकले आफ्नो भुमिको रक्षा गर्नको लागि सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।
सामेवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भारतीय नागरिकले भोगचलन गरिरहेको कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेकोबारे सरकार जानकार र गम्भीर रहेको बताउनु भयो ।
उहाँले कञ्चनपुस्थित नेपाल-भारत सीमानाकामा सीमास्तम्भ पनि राख्नुपर्ने भएको कारणले कुटनीतिक छलपलबाट समस्याको समाधान गरिने बताउनु भयो । उहाँले सीमास्तम्भ राख्नको लागि सरकारका कुटनीतिक संयन्त्रहरुलाई जानकारी गराइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको सम्बन्धमा प्रश्न उठाउनुभएको छ । यसतर्फ सरकारको गम्भिर रुपले ध्यानाकर्षण भएको छ । म समितिलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो भूमि, जमिन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने जमिन भारतीय नागरिकले भोगचलन गरिराखेको अवस्था छ । यसका बारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । स्थानीय प्रशासन, सञ्चार माध्यम र निकुञ्ज प्रशासनबाट जानकारीहरु प्राप्त भएका छन् । यसमा सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण भएको छ । यसका बारेमा हामीले केही छलफल पनि गरेका छौं । भारतीय नागरिकले हाम्रो भूभागभित्र खेतिपाटी गरेका छन् । सीमाको धेरै ठूलो विवाद होइन, छोड्ने भन्नुभएको छ । त्यहाँ एउटा पिलर राख्नुपर्ने अवस्था रहेछ । त्यो पिलर दुईटै देशको सहमतिमा राख्ने कुरा भएको हुनाले हामीले त्यसका बारेमा कुटनीतिक माध्यमबाट छलफल पनि गरिरहेका छौं । सहमतिमै राख्ने संयन्त्र पनि छन् । ति संयन्त्रहरुलाई जानकारी पनि गराइएको छ । यसकारण म के आग्रह गर्न चाहन्छु भने सरकार आफ्नो भूमिको सीमानाको रक्षा गर्नका लागि, सुरक्षा गर्नका लागि कटिवद्ध छ, संवेदनशील छ । हामी हाम्रो भूमिको सुरक्षा गर्छौं । र यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले हाम्रो भूमिमा खेतिपाती गर्ने अथवा हाम्रो भूमि भोगचलन गर्ने कुरालाई कुटनीतिक माध्यमबाट समाधान गर्नको लागि सरकार अघि बढेको छ । यसलाई समाधान गर्छौं ।’
समिति बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको थियो । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यान नपुगेको हो कि गम्भिर नभएको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यस विषयलाई गम्भिरताका साथ लिएर सरकारले कदम चाल्नुपर्ने बताउनु भयो ।
नेकपा (एमाले)का सांसद रघजी पन्तले जनपुरमा भारतीय नागरिकले उपभोग गरिरहेको, खेती गरिरहेको जमिन नेपालको स्वाममित्वमा ल्याउने कुरामा सरकारले के गरिरहेको छ ? भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभएको थियो । उहाँले सिमा विवाद समेत नभएको हुनाले सरकारले सीमास्तम्भ राखेर सिमाको समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले भारतीय नागरिकले नेपालको भूभाग भोगचलन गरिरहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै आवश्यक कदम पश्चात समितिलाई जानकारी गराउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भारतको कञ्जनपुरमा भारतीय नागरिकले उपभोग गरिरहेको, खेति गरिरहेको जमिन नेपालको स्वामित्वमा ल्याउने कुरामा सरकारको ध्यान गएको छ कि छैन ? त्यहाँ सिमा विवाद भएको पनि त्यति धेरै दखिएन । हामीले त्यहाँ हाम्रो पिल्लर राखेर बोर्डर क्लियर नगरेको हो कि भन्नेजस्तो छ । त्यसैले यस विषयमा गृहमन्त्रीज्युको ध्यानाकर्षण होस् र यसबारेमा यथाशिघ्र आवश्यक पाइला चालेर समितिलाई के भयो भन्नेबारे जानकारी दिनुभयो भने समितिलाई सजिलो हुने थियो ।’
सञ्चारमाध्यममा उठको भूमिसम्बन्धी मुद्दामा सरकारले तदारुकताका साथ समाधान गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच