-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेमा पहिलोपटक लाहा खेती विस्तार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेले कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा खेती सुरु गरेको हो । जिल्लामै पहिलोपटक सुरु गरिएको खेतीका लागि बुधबार लाहा खेती विस्तार तथा क्षमता विकास तालिम आयोजना गरिएको थियो । डिभिजन वन कार्यालय बाँकेले विज्ञसहितको टोलीको सहभागितामा लाहा खेती औपचारिक रूपमा खेती विस्तार गरेको छ ।
जिल्लाका सामुदायिक वन र उपभोक्ताहरूलाई आयमूलक बनाउने लक्ष्यका साथ लाहा खेती सुरु गरिएको छ । लाहा खेतीबाट तराईँ क्षेत्रमा पाइने खयर,बयरलगायत रूखको संरक्षणमा भूमिका खेल्ने डिभिजन वन कार्यालय बाँकेको विश्वास छ । लाहा खेती विस्तार कार्यक्रममा बोल्दै पूर्व सभामुख पूर्णाकुमारी सुवेदीले सामुदायिक वन उपभोक्ता समितिको आयस्तर सुधार गर्न लाहा खेतीले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सामुदायिक वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । कर्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सुवेदीले वन क्षेत्रको विनास र दुरुपयोग रोक्नुपर्नेमा जोड दिनुभयो ।
‘खेती पहिलोपटक लाहा खेती सुरु भएको छ । यसलाई राम्रोसँग विस्तार गर्न सबैको हातेमालो आवश्यक छ । तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुहोस्’ उहाँले भन्नुुभयो । डिभिजन वन कार्यालय बाँकेका अधिकृत शंखरप्रसाद गुप्ताले अन्य क्षेत्रको सफल प्रयोग र बाँकेमा विस्तारका लागि खेती सुरु गरिएको बताउनुु भएको छ । उहाँका अनुसार विज्ञहरूको समूहसहित खेतीको बीउ ल्याएर रूखको हाँगामा लाहा उत्पादन गर्ने लाहा किरा (भ्रुण) छाडिएको छ । ‘बाँकेमा पहिलोपटक लाहा खेतीको विस्तार गरिएको छ । यसको संरक्षणको लागि सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहन्छ । कोहलपुरको प्रयोग सफल भयो भने जिल्लाभर विस्तार गर्छौ’, गुप्ताले भन्नुभयो ।
जिल्लाका वनमा लाहा खेतीको सम्भावना धेरै रहेको उहाँको भनाइ छ । लाहाको व्यावसायिक खेती गर्न आत्मनिर्भर बन्न सकिने गुप्ताले बताए । लाहा लगाई सकेपछि हाँगा काट्न नमिल्ने भएकोले वनको पनि संरक्षणमा टेवा पुग्ने कार्यालयले विश्वास लिएको छ । लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको विज्ञ डम्बर विश्वकर्माले बताउनुभयो । प्रशोधन पश्चात प्रतिकेजी दुई हजारसम्ममा पनि बिक्री हुने उहाँको भनाइ छ ।
लाहा विशेषगरी फर्निचर कारखाना, सुन पसल लगायत अन्य विभिन्न काममा प्रयोग हुने गर्दछ । ‘लाहा किराले बिरुवाको रस चुसेर आफैँ खाना प्राप्त गर्छ । धेरै दुःख गर्न नपर्ने भएकाले खेती गर्न सहज छ । परीक्षण गरिएको रूखबाट उत्पादन राम्रो भएमा थप विस्तार गर्ने योजना छ’ विज्ञ विश्वकर्माले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच