म्याग्दी । नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भबन एक समारोहका बिच सोमबार उद्घाटन गरिएको छ ।
बेनी नगरपालिका–८, फुलबारीमा अवस्थित क्याम्पसको छात्राबास, वार्डेन कक्ष सहित ब्यवस्थापन र मानविकी संकाय गरी ३ वटा भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । वि.स २०६८–२०६९ सालमा भारतीय दूतावासको दुई करोड ८३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
क्याम्पस भवन तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेपनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन । दुईतले २४ कोठा भएको नयाँ भवन निर्माणपछि पठनपाठन तथा ग्रामिण क्षेत्रबाट आउने छात्राहरुलाई सहयोग पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाको भनाई छ ।
भवन उद्घाटन कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले दुतबासबाट सञ्चालित परियोजनाको २० बर्ष अवधिमा ७९ वटा आयोजनामा नेपाललाई सहयोग गरिएको बताउँदै अव २० करोडसम्म सहयोग गर्न सकिने बताउनुभयो ।
भारतीय दुताबासबाट हुने सबै सहयोग नेपाल सरकारको मातहतका निकायबाट कार्यान्वयन हुने गरेको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकालका मेयर सुरत केसीले भारतीय दुताबाससँगको सहकार्यमा क्याम्पसभित्र थप पूर्वाधार सहित अन्य संरचनाहरूलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।
करिब १ हजार विद्यार्थी कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । क्याम्पसका विद्यार्थीमा ७० प्रतिशत छात्रा रहेकोमा अव प्राविधिक सहितका थप कक्षाहरु सञ्चालनका लागि क्याम्पसले भारतीय दुताबास सहितका निकायसँग सहकार्यको अपेक्षा गरेको क्याम्पस प्रमुख श्रीधर सुबेदीको भनाई थियो । क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् । उद्घाटन समारोहको अध्यक्षता सञ्चालक समिति अध्यक्षता ढुंगाना, स्वागत उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ र सञ्चालन प्राध्यापक संघका अध्यक्ष प्रेम जिसीले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच