सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेन : अध्यक्ष मल्ल

Read Time = 5 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ ।

मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भएपनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताउनु भयो । उहाँले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो ।

उहाँले आइटी अध्ययनरत विद्यार्थीहरुलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताउनु भयो । उहाँले आईटी क्षेत्रलाई प्रवद्र्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभ्यो, ‘सञ्चार तथा प्रविधि क्षेत्रमा फड्को मार्ने कुराहरुमा अलिकति हामी सरकारी नीति, नियम र एकद्वार प्रणाली सेवा नभएर पछि परेको हो की भन्ने लागेको छ । हामी सूचना प्रणालीमा धेरै अघि हुनुपर्ने हौँ । तर क्यान इन्फोटेकले अन्तर्राष्ट्रिय स्तरमा लगेको छ । अबका दिनमा हामीले मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधि प्रणालीलाई विकास गरेर आत्मनिर्भर बनाउनेतिर जानुपर्छ । आइटी क्षेत्रमा लागेका व्यक्तिलाई यो क्षेत्रमा पार्ट टाइमको काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योग व्यवसाय क्षेत्रमा विद्यार्थीहरुलाई लगाउने काम मुलुकले गर्नैपर्छ ।’

अध्यक्ष मल्लले कुनैपनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले हहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशी कुनैपनि कम्पनी नेपालमा आउँछ भने प्रतिनिधिका रुपमा नभएर साझेदारका रुपमा नेपाली इन्जिनियरहरुलाई समेत राख्नु पर्ने व्यवस्था गर्नुपर्छ । ठूला आईटी कम्पनीहरुसँग नेपालका कम्पनीले पनि सिक्नुपर्छ । अहिले जुन किसिमको देशमा अर्थतन्त्रको सूचक नकारात्मक छ, यसलाई आत्मनिर्भर बनाउनुपर्छ । यस बारेमा मन्त्रीज्युले आफ्नो क्याबिनेटमा स्पष्ट रुपमा राख्नुपर्छ की अहिले बैंकको ब्याजदर घट्नसक्ने अवस्था छ । त्यो घटाउन जुन बैंकहरुले ऋण प्रवाह गर्दा दिने बेसमेण्टमा जुन सर्भिस चार्ज लिन्छ, त्यसमा कसैलाई ०.५ प्रतिशत छ, कसैलाई ६ प्रतिशत भएको छ । कमसेकम यो बेस रेटमा लिने सर्भिस चार्ज सबैलाई एउटै दरमा कायम गर्ने व्यवस्था गर्नुपर्छ ।

अध्यक्ष मल्लले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?