
बारा । दुर्घटनामा मृत्यु हुनु भएका बाराको परवानीपुर गाउँपालिका-५ निवासी देवकुमार पटेलको परिवारले सामाजिक सुरक्षा कोषको रकम प्राप्त गरेका छन् । भेस्वा सेक्युरिटीअन्तर्गतको अखिल नेपाल सेक्युरिटी मजदुर संघको पहलमा पटेलकी श्रीमती रिन्कु देवीलाई रकम प्रदान गरिएको हो । कोषले १७ लाख ५० हजार रकम प्रदान गरेको हो ।
सेक्युरिटीका उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज लालबहादुर पटेल, केन्द्रीय महासचिव विजय ठकुरी, केन्द्रीय सचिवालय सदस्य तथा मुल कमिटी अध्यक्ष ओमप्रकाश पुन, केन्द्रीय सदस्य बिरेन्द्र पटेलको उपस्थितमा मृतक परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
पटेलको गत जेठ १६ गते बयोदा हस्पिटल वीरगञ्जमा ड्युटी गरेर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । त्यसयता पटेलको परिवारले पाउनुपर्ने रकम लामो समयसम्म पनि नपाउँदा संघले पहल गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच