काठमाडौं । होटल संघ नेपाल(हान)ले काठमाडौंमा ‘नेपाल सत्कार दिवस २०२५’ आयोजना गर्ने भएको छ । हानले स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आएकोे छ । सो दिन होटल क्षेत्रले वर्षभरि भोगेका अवस्था, विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा योजना विषयमा प्रस्तुति रहने बताइएको छ ।
साथै होटल तथा पर्यटन क्षेत्रको अवस्था उजागर गर्ने उद्देश्यले हानले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक २०२५’को विमोचनसमेत हुनेछ । दिवसका अवसरमा विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै सातै प्रदेशका मुख्य खाना प्रदर्शनमा राखिने संघका अध्यक्ष विनायक शाहले बताउनुभयो । देशैभरिबाट सहभागी रहने हानको वार्षिक साधारणसभा सोही दिन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच