कृषि क्षेत्रको प्राथमिकता र सन्तुलित विकासको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको ध्यान कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औंल्याउनु भएकाे छ । भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सुवालले कृषि प्रधान देश भए तापनि चामल जस्ता खाद्यान्नमा भारतमा निर्भर हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयाे । उहाँले प्रश्न गर्दै भन्नुभयाे, “भारतले दाल चामल पठाएन भने के हामी ढुङ्गा खाएर बस्ने?”

सुवालले खाद्यान्नमा आत्मनिर्भरता कायम गर्न देशले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयाे । साथै, उहाँले सहर केन्द्रित बसाइसराईलाई चिन्ताको विषय मान्दै यसलाई जिल्लामै सीमित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । “सन्तुलित विकासले बसाइसराई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयाे ।

साथै उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौवन्जाले संघको योगदानको महत्त्व र जिल्लामा औद्योगिक विकासको निरन्तरता सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयाे । उहाँले कृषि, पर्यटन र हस्तकला क्षेत्रको प्रवर्द्धनलाई संघको प्राथमिकतामा राखेको उल्लेख गर्नुभयाे । “स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन संघ विशेष पहल गर्दैछ,” उहाँले भन्नुभयाे ।

धौवन्जाले भक्तपुरका महोत्सवहरू, विशेषगरी भक्तपुर महोत्सव र मध्यपुर महोत्सवले जिल्लाको औद्योगिक गतिविधि र आर्थिक समृद्धिमा नयाँ ऊर्जा थपेको बताउनुभयाे । उहाँले स्थानीय सरकारसँगको सहकार्यलाई व्यवसायिक वातावरण सुधार्नको लागि महत्त्वपूर्ण कदम भन्नुभएकाे छ ।

धौवन्जाले व्यवसायिक वातावरण सुधार्न, नयाँ लगानी भित्र्याउन र महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको संघको प्रतिबद्धता दोहोर्‍याउनुभयाे । “हामी व्यवस्थित बसोबास परियोजना र अन्तर्राष्ट्रिय स्तरका उद्योगहरू ल्याउन प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयाे ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले संघको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी योजना बनाउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?