-अविजित पन्थी
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउने लक्ष्य राख्दै यसका शैक्षिक र प्रशासनिक सेवाहरूलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । बुधबार बाँकेमा आयोजित विश्वविद्यालयको छैठौं सिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले विद्यालयलाई देशभरका विद्यार्थीहरूको आकर्षणको केन्द्र बनाउन चाहेको स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री आचार्यले यस विश्वविद्यालयलाई प्राविधिक जनशक्ति उत्पादनको प्रमुख केन्द्र बनाउनका लागि थप संकाय र पाठ्यक्रमहरू थप्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयाे, "युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादन गर्न यो विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुनेछ ।"
विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री आचार्यले प्राविधिक अध्ययनमा विद्यार्थीलाई आकर्षित गर्ने वातावरण र अवसर सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, "संकायहरू थप गर्न र अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिमा हामी अघि बढिरहेका छौं।"
सिनेट बैठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रमहरूको बारेमा समेत छलफल भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच