‘नथिङ फोन’ दराजमा

Read Time = 1 min

काठमाडौं । ‘नथिङ फोन’ इ-कमर्स प्लेटफर्म दराज मार्केट प्लेसमार्फत् बिक्री सुरु भएको छ । नयाँ वर्षका अवसर कम्पनीले वैशाख ९ गतेसम्म विशेष छुट प्रदान गर्ने भएको छ । १० हजार भाउचर, ब्रेकेज बीमा, एक वर्ष वारेन्टी र शून्य प्रतिशत इएमआईमा फोन किन्न सकिने कम्पनीले जनाएको छ ।

नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरिजको अग्रणी प्रदायक टेक स्टुडियोले आधिकारिक वितरकका रूपमा ‘नथिङ फोन’ उपलब्ध गराएको हो । आधिकारिक बिक्रेता टेक स्टुडियोका प्रवक्ताले भन्नुभयो, ‘हामी दराज मार्केट प्लेसमा ‘नथिङ फोन’ रिलिज गर्न पाउँदा उत्साहित छौँ र ग्राहकले यसको एड्भान्स फिचरहरू र किफायती मूल्य बिन्दु मन पराउनेमा हामी विश्वस्त छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?