मुगुका दुर्गम ९ गाउँमा विद्युत पुग्यो

मुगु । छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोग तथा नेपाल विद्युत प्राधिकरण गमगाढ विद्युत वितरण केन्द्र गमगढी मुगुको सहजिकरण तथा प्राविधिक सहयाेगमा वडा नं. १० र ११ का ९ वटा गाउँमा विद्युत सेवा विस्तार गरिएकाे छ ।

छायाँनाथ रारा नगरपालिकाकाका चराप, गाँडापानी, झाकाेट, लुहारपाेल्ना, तल्लेख, घट्ललेक, राेवा, र्याङ्चेकाटी र सालिम गाउँमा विद्युत सेवा बिस्तार गरिएकाे नगरप्रमुख बिष्णुकुमार भामले जानकारी दिनुभयाे ।

बुधवार औपचारिक कार्यक्रमको आयोजना गर्दै बिधिवत रूपमा विद्युत सेवा विस्तारको उद्घाटन गरिएको थियो ।

करिब दुई बर्षको अथक प्रयासपछि विद्युत सेवा पुर्‍याउन सफल भएको जनाउँदै छायाँनाथ रारा नगरपालिकाले यो परियोजनामा योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । विद्युत सेवाको सञ्चालनले स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने र समग्र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

उद्घाटन समारोहमा नगर प्रमुख बिष्णु कुमार भाम, पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, निवर्तमान नगरप्रमुख हरिजङ्ग शाही, नेपाली काङ्ग्रेस कार्यबाहक सभापति कर्णबहादुर रावल उप प्रमुख ऐश्वर्य मल्ल, प्रमुख प्रशासकिय अधिकृत पशुपति शाही, गमगाड बितरण केन्द्रका प्रमुख साजन ऐडी, वडा अध्यक्ष पदमराज मल्ललगायतका बक्ताहरूले विद्युत सेवाबाट बन्चित रहेका यस क्षेत्रका बासिन्दाकाे समृद्दिमा टेवा पुग्नुकाे साथै दैनिकीमा सुधार आउने र विकासकाे समग्र क्षेत्रमा सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भएकाे थियाे ।

विद्युत उद्घाटनमा वडा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियाे । पछिल्लाे समयमा करिब १ दर्जन बस्ती समेत विद्युतकाे राष्ट्रिय प्रसारण लायनमा समेटिएका छन् ।

विद्युत उद्घघाटन कार्यक्रममा प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिका साथै गाउँबासीकाे उल्लेखनीय उपस्थिति रहेको थियाे ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक लगानीमा गाउँमा विद्युत बिस्तार भएपछि नगरकाे दिगो विकासको यात्रामा नयाँ अध्याय थपेको बताइएको छ ।

नगरपालिकामा रहेका १४ वडाहरु मध्य अब १२ न वडा बस्ती र १४ न वडाका केही बस्तिहरुमा विद्युत सेवा पुग्न बाकी रहेका छन् ।
राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा गाउँ गाउँमा पुराइए पनि नियमित विद्युत आपूर्ति नहुँदा सेवाग्रही जनताले सास्ती भोग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?