मेयर बालेनलाई समर्थन गर्दै रामकुमारी झाँक्री : मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह गर्दै पूर्वमन्त्रीसमते रहनुभएको झाँक्रीले मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गर्नुभएको छ। महानगर भित्रका अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै झाँक्रीले अगाडि गर्नुपर्ने कामहरूको सूची प्रस्तुत गर्नुभएको छ ।

आफ्नो समर्थन मेयर बालेन जीलाई भन्दै उहाँले यसपछि अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने हुनु पर्ने धारणा राख्नुभएको छ ।

आफूले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाईसकेको बताउँदै झाँक्रीले निर्वाचन आएकोछ यसले नगरौं भन्ने दबाबका कारण आफूले स्थगन गर्नु परेको गुनासो गर्नुभएकाे छ ।

स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको तर आफ्नो कार्यकाल लामो नरहेकोले गर्न नसकिएकाे उहाँले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?