राजनीतिका अगुवाहरूले देशका होनहार शिक्षित युवा जनशक्तिलाई निर्यात गर्ने र बाँकीलाई आफ्नो भ्रातृ संगठनहरूको पूर्णकालीन कार्यकर्ता बनाउँदा युवाहरूको सिर्जनशीलता, श्रम, समय र अध्ययन, अनुसन्धान, अन्वेषण जस्तो सिर्जनात्मक मस्तिष्क क्षयीकरण भएको छ । देश विकासित, समृद्ध हुने न्यूनतम् सर्त नै युवाहरूमा भएको सिर्जनशीलताको उच्चतम उपयोग हो । युवाहरूको सिर्जनात्मक क्षमताको अभिवृद्धि, परिचालन र सशक्त कार्यान्वयनविना विकास र समृद्धि नारामा सीमित हुन्छ । दुर्लभ शिक्षित जनशक्तिलाई अमेरिका, युरोप, अष्ट्रेलिया निर्यात गर्ने, जोशिला र जाँगरिला युवाहरूलाई खाडीका देशमा निर्यात गर्ने, बाँकी बचेखुचेका युवाहरूलाई सबै पार्टीहरूले पूर्णकालीन कार्यकर्ता बनाउन गर्ने प्रतिस्पर्धाले विकास तथा समृद्धि समयक्रममा झुटको पुलिन्दा बन्यो ।
अध्ययन, रोजगारीका अवसरहरू देशभित्र सिर्जना गर्न नसक्ने दल नायकहरू विकास र समृद्धिको सवालमा पूर्णतः असफल भए । युवाहरू निर्यात गर्ने, जमिन बाँझै राख्ने, उद्योगबिक्री गर्ने, बन्द गर्ने, खाद्यान्नलगायत उपभोग्य वस्तु सबै आयात गर्दा समृद्धिको नारा अलपत्र पर्यो । जनशक्तिलाई निर्यात गर्ने, पार्टीको अनुत्पादक काममा युवाहरूलाई परिचालन गर्ने नीतिले आफू उत्पादन नगर्ने, सबै उपभोग्य वस्तु आयातमा भरपर्नेुपर्ने, सबै राजनीतिक पदलाई तलबी कर्मचारी बनाउँदा, नगर, गाउँपालिकाका मेयर, उपमेयरलाई गाडी, वडाध्यक्ष सबैलाई मोटरसाइकल दिँदा सवारीसाधन खरिद, इन्धन, ड्राइभ र मर्मत खर्चले देश खोक्रो बनायो ।
आफ्ना युवाहरूको शैक्षिक उत्थान, सीप विकास र प्राविधिक ज्ञानलाई प्रबद्र्धन गर्ने र त्यसका माध्यमले देशका विविध क्षेत्रले काँचुली फेर्ने सम्भावनाको मुन्टो निमोठने काम दलनायकहरूले विद्यार्थी संगठन, युवा संगठन र पार्टी संगठनका नाममा गरेका छन् ।
अमेरिका जस्तो विकसित देशमा जनप्रतिनिधिले तलब लिन्छन् न भत्ता न त सवारीसाधन-इन्धन । प्रदेशको संरचनाले खर्च थपिँदा अब कर्मचारीको तलबको भुक्तानीका लागि ऋणमा भरपर्ने अवस्थाले अब निकट भविष्यमा देश आर्थिक रूपमा टाट पल्टने निश्चित छ । धेरै युवा विदेशिने बाँकी युवालाई सबै पार्टीहरूले पूर्णकालीन कार्यकर्ता बनाउने जुन गलत परम्परा छ यसको भयावह प्रभाव नेपाली समाजमा र अर्थतन्त्रमा देखिन थालेको छ । युवाहरूलाई निर्यात गरेर त्यसबाट प्राप्त रेमिटेन्सले राज्य सञ्चालन गर्ने आत्मघाती सोचले राज्य दिनप्रतिदिन संकटको भुँमरीमा जाकिएको छ ।
बहुदलबाट सुरुवात भएको युवाहरूलाई निर्यात गर्ने यो उल्टो बाटोलाई गणतन्त्रवादीहरूले दैनिक हजारौंको संख्यामा युवाहरू विदेशिने विशाल राजमार्ग बनाए । विकासमा छलाङ मार्छौं भन्नेहरूले सिर्जनशील युवालाई निर्यात गरेर विनाशमा छलाङ मार्दैछन् । यसभन्दा ठूलो राष्ट्रघात अर्को के हुन सक्छ ? युवाहरू विदेशिन आकर्षित हुने कारण युरोप, अमेरिका र अष्ट्रेलियाको सुविधा र सुशासन नभएर नेपालमा भएको भ्रष्टाचार र कुशासन नै प्रमुख कारण हुन ।
तर, यो दुर्भाग्यूर्ण अवस्थालाई सुधार गर्ने उपाय भने सामान्य नागरिकसँग छैन । सुधार गर्ने जिम्मेवारीमा हुनेहरू नै युवाहरूलाई विदेशिन बाध्य पार्ने अपराध कर्म गर्दैछन् । युवाहरूलाई विदेशिन बाध्यपार्ने र बाँकी देशमा भएका युवाहरूलाई पूर्णकालीन कार्यकर्ता बनाउने नेपालका पार्टीहरूको नियत देशलाई समृद्ध बनाउन किमार्थ होइन । यो विकासमा छलाङको नाममा देशलाई टाट पल्टाउने र विनाशमा छलाङ मार्ने रणनीति हो । यस गम्भीर समस्याका विषयमा नागरिक समाज र बौद्धिक समाज किन चिन्ता गर्दैन ? देशको भविष्य नै युवाहरू र तिनमा अन्तरनिहित र विकसित प्रतिभा, योग्यता, लगनशीलता र सिर्जनशीलता हो ।
त्यो महत्वपूर्ण सम्पदाको गलत प्रयोगले भोलि उत्पन्न हुनसक्ने संकटबारे बौद्धिक समुदाय किन बेखबर ? उत्पादन, आविष्कार, अध्ययन र अनुसन्धानमा अहोरात्र क्रियाशील भएर देशका तमाम समस्याहरूको समाधान निकाल्न सक्ने युवाहरूलाई नेपालका पार्टीहरूले आफ्नो पार्टीको चौकिदार बनाउने र मुर्दावाद-जिन्दावाद जस्तो अनुत्पादक र गैरसिर्जनशील काममा लगाउँदा हिजो निर्यातमुखी अर्थतन्त्र आज आयातमुखी भयो । युवाहरूलाई पार्टीका विभिन्न भ्रातृ संगठनमा सदस्यता लिन उक्साउने सबै पार्टीका नेताहरूका कारण देश परनिर्भरताको भासमा जाक्किएको छ । स्कुल कलेजका विद्यार्थी संगठन र भ्रातृ संगठन जस्तो अनुत्पादक काममा युवाहरू प्रयोग हुँदा शैक्षिकस्तर नराम्ररी खस्केको छ भने राष्ट्रिय उत्पादन दिनप्रतिदिन ह्रासोउन्मुख छ । यस्तो अवस्थालाई विकासको छलाङ भन्ने कि विनाशको छलाङ भन्ने ?
आफ्ना युवाहरूको शैक्षिक उत्थान, सीप विकास र प्राविधिक ज्ञानलाई प्रबद्र्धन गर्ने र त्यसका माध्यमले देशका विविध क्षेत्रहरूले काँचुली फेर्ने सम्भावनाहरूको मुन्टो निमोठने काम दलनायकले विद्यार्थी संगठन, युवा संगठन र पार्टी संगठनका नाममा गरेका छन् । विद्यार्थी, युवक, महिला संगठन र पार्टीको संगठनका नाममा सबै पार्टीहरू संगठन विस्तार गर्ने प्रतिस्पर्धामा छन् । उत्पादनशील क्षेत्रहरूबाट युवा विस्थापित गर्दा अर्थतन्त्र पूर्णपरनिर्भर बन्यो । युवहरूको उत्पादनशील समयलाई पार्टीको अनुत्पादक काममा लगाउँदा अर्थतन्त्र विनाशतिर लाग्यो । पशुपालन, कृषि, उद्योग, व्यापार, अध्ययन, अनुसन्धान तथा आविष्कार आदि सिर्जनशील क्षेत्रहरू लथालिंग र भताभुंग हुँदा देश आर्थिक परनिर्भरताको खाडलमा पर्यो ।
देशलाई परनिर्भरताको खाडलमा जाक्ने अरू कोही होइनन् वर्तमान राजनीति र यिनै अक्षम र भ्रष्ट दलनायक नै हुन् । सबै पार्टीहरूले काम गर्ने क्षमतावान युवाहरूलाई पार्टीको पूर्णकालीन कार्यकर्ता बनाउने होडबाजी र प्रतिस्पर्धाले अहिले सिर्जनात्मक र उत्पादनमूलक क्षेत्रमा युवाहरूको खडेरी छ । धेरै युवा विदेश पलायन हुने र बाँकी युवाहरू राजनीति जस्तो गैरउत्पानमूलक क्षेत्रमा प्रयोग हुँदा देशको उत्पादन क्षेत्रको ढाड सेकिएको छ । के यसैलाई विकासको छलाङ भन्ने ? सिर्जनशील युवाहरूलाई निर्यात गर्ने बाँकी देशभित्रका युवाको सिर्जनशीलतालाई नष्ट गर्ने सबै पार्टीका दलनायकहरूको अपराधको युवाहरूले अब गम्भीर लेखाजोखा गर्नुपर्छ । युवाहरू अमेरिका, युरोप र खाडीका देशमा निर्यात गर्नेहरूबाट विकास र समृद्धि हुन्छ भन्ने हाम्रो विश्वासले धोखा दियो ।
शिक्षित युवाहरू विदेश पलायन हुने र बाँकी देशभित्रका पार्टीको संगठनको नाममा अन्धाधुन्ध युवाहरू प्रयोग गर्ने विषयमा अब पुनर्विचार जरुरी छ । युवाहरूको सिर्जनशीलतालाई प्रबर्धन गर्ने जिम्मेवारले सिर्जनशीलतालाई निर्यात गर्ने र नष्ट गर्ने विषय आपराधिक काम हुन् । युरोप अमेरिका र अष्ट्रेलिया जानेहरूको लर्कोसँगै दुर्लभ विदेशी मुद्रा पलायन भयो । परिणामस्वरूप आर्थिक संकट निम्तियो । प्रगति गर्ने युवाहरू प्रायः सबै विदेश पलाएन भए । अब बचेखुचेका युवालाई पार्टीहरूले आफ्नो झोले कार्यकर्ता बनाउँदा उनीहरूको अध्ययन, सिर्जनशीलता, अनुसन्धान र आविष्कार गर्ने क्षमता नष्ट पारे । माध्यमिक शिक्षा तहमै पार्टीहरूले आफ्ना कार्यकर्ताको संख्या बढाउने तीव्र प्रतिस्पर्धाले देशका युवाहरूको मस्तिष्कमा गोबर भर्ने काम जब सुरुवात भयो त्यसपछि देशमा उत्पादन घट्यो । उद्योग घटे ।
रोजगारी घट्यो । समग्रमा देश टाट पल्टनमा र आर्थिक रूपमा परनिर्भर हुन हाम्रो राजनीति जिम्मेवार देखियो । युवाहरूको आँखामा धुलो छर्कनेहरूबाट विकास र समृद्धि हुँदैन भन्ने जान्दाजान्दै युवाहरू फेरि तिनै सिर्जनशीलतालाई नष्ट गर्नेहरूको पछि किन लाग्छन् ? दल र दलनायकहरूको यसभन्दा विनाशको छलाङ अर्को के हुनसक्छ ? हिजोभन्दा आज गरिबी, अभाव, बेरोजगारी बढेको छ । उत्पादन घटेको छ । परिणामस्वरूप देशमा दिनप्रतिदिन आयात बढेको छ । निर्यात शून्यप्रायःर आयातमा पूर्णनिर्भर अर्थतन्त्रले देश कसरी समृद्ध हुन्छ ? परनिर्भरता आजभन्दा अझ भोलि बढ्ने निश्चित छ । पञ्चायतकालमा खाद्यान्न निर्यात गर्ने देश आज आफ्नो खाद्य उत्पादनले आधा पनि नधान्ने अवस्था किन आयो ? के गणतन्त्रको उपहार यही हो ? विकास दलनायकहरूको भयो भने जनता र देशको भने विनाशको गति जबर्जस्त अगाडि बढ्दैछ ।
दलनायक यो विनाशको अवस्थालाई विकास भनेर झुक्याइरहेका छन् । देश विकासमा छलाङ मार्छ भन्नेहरूले अहिले विनाशमा छलाङ मारेर सबै आर्थिक सूचकांक नकारात्मक बनाए । दलनायकहरूले व्यक्तिगत आर्थिक सूचकांक भने अन्धाधुन्ध सकारात्मक बनाए । अब यो बुझ्दाबुझ्दै दलका स्वार्थी र भ्रष्ट नायकहरूका पछि युवाहरू किन लाग्छन् ? सबै युवा राजनीतिमा सक्रिय हुनुभनेको देश नै निक्रिय हुनु हो । व्यवसाय, उद्योग र कलकारखाना बन्द हुने अवस्था हो । देश ठप्प पार्ने कि देशका व्यवसायहरूलाई चलायमान बनाउने ? अब युवाहरूले निर्णय गर्न अबेर गर्न हुँदैन । सबै वस्तुहरू आयात गर्ने, युवाहरू निर्यात गर्ने र बचेका युवाहरूलाई पूर्णकालीन राजनीतिमा लगाएर देशलाई टाट उल्टाउनेहरू अरू कोही होइनन् यिनै पार्टीहरूका नाइकेहरू नै हुन् ।
अहिले देशको आर्थिक सूचकांक अत्यन्तै नकारात्मक छ किन ? त्यसको एउटै कारण हो युवाहरूलाई राजनीतिमा प्रयोग गर्ने र बाँकी युवाहरूलाई निर्यात गर्ने योजनामा आधारित राजनीति । राजनीतिमा स्वतन्त्रता चाहिन्छ तर देशलाई घात हुने स्वतन्त्रता होइन ।
आफ्नालाई विदेश पढ्न पठाएर गरिबका छोराछोरीलाई जंगल लैजानेहरूको फेरि पनि विश्वास गर्यौं भने हामी डुब्छौं । डुब्नबाट अब जगियौं । राजनीतिको विष युवाहरूको दिमागमा भरेर यिनीहरू देश लुट्न व्यस्त छन् । यदि युवाहरू पलाएन नभएका भए यिनीहरूको विरोध हुन्थ्यो । विरोधबाट जोगिन विदेशमा रोजगारीका क्षेत्र खोज्न र थप युवाहरूलाई विदेश पठाउने यिनीहरूको रणनीति युवाको भलाइ खातिर होइन । यो देश लुट्ने अभियान हो । यस अभियानले देशको उर्वर भूमि बाँझै छ । वृद्धवृद्धाको विचल्ली छ । युवायुवतीहरू विदेश पलायन हुँदा देश खण्डहर भयो । अब स्थिति बिरोलोले तातो चुलोमा सुत्न जे सोच्छ अहिलेका दलनायकको सोच त्यसभन्दा भिन्न छैन । राजनीति यस्तो विकृत हुँदा पनि जनता किन जाग्दैनन् ?
यति धेरै प्राकृतिक स्रोतसाधन छन् । तिनलाई परिचालन गर्ने योजना नबनाएर युवा विदेश पठाउने जुन नीति छ त्यो नीति राष्ट्रघाती नीति हो । युवाशक्ति निर्यात गर्ने नीतिले निश्चित छ विकास होइन विनास हुन्छ । अब विनाशको प्रारम्भसँगै उत्पादनको अभावमा खाद्यान्न संकटले भविष्यमा लुटपाटको अवस्था आउनसक्छ । जमिन बाँझो राख्ने र युवा विदेश निर्यात गर्ने राजनीति भनेको देशलाई संकटमा धकल्ने राजनीति हो । जिन्दावाद र मुर्दावादको राजनीतिमा युवाहरूलाई परिचालन गर्ने काम राष्ट्रघाती काम हो । युवालाई राजनीतिमा जोड्ने कि उत्पादन मुलक उद्योगसँग जोड्ने ?
अहिले देशको आर्थिक सूचकांक अत्यन्तै नकारात्मक छ किन ? त्यसको एउटै कारण हो युवाहरूलाई राजनीतिमा प्रयोग गर्ने र बाँकी युवालाई निर्यात गर्ने योजनामा आधारित राजनीति । राजनीतिमा स्वतन्त्रता चाहिन्छ तर देशलाई घात हुने स्वतन्त्रता होइन । हामी स्वतन्त्रतालाई देश हितमा भन्दा देशको अहितमा यदि प्रयोग गर्दैछौं भने त्यो छाडापन हो । छाडापनको विकासबाट समृद्धि कसरी हुन्छ ? हाम्रो अवस्थालाई नाजुक बनाउने भ्रष्ट राजनीति हो । त्यस्तो वातावरण सिर्जना गर्ने दलनायक हुन् । अब हाम्रा दुःख, कष्ट र दुर्दिनको मुख्य कारण राजनीतिमा हुनेहरूको स्वार्थ हो । हाम्रो समृद्धि र उनीहरूको स्वार्थ परस्परविरोधी विषय हुन् ।
उनीहरूको स्वार्थ पूरा हुँदा हाम्रो समृद्धि हुँदैन । हाम्रो समृद्धिको अनुकूल वातावरणमा उनीहरूको स्वार्थ पूरा हुँदैन । उनीहरूको भाषणको समृद्धि त बाख्रालाई खोरमा थुन्न देखाउने हरियो स्याउला हो । अब राजनीतिमा आम संलग्नता होइन देश विकासमा आमसंलग्नता आजको आवश्यकता हो । परनिर्भरता रूपी राजनीतिको पट्टी खोल्नुपर्छ । अब उत्पादन वृद्धि गरेर देशमा रोजगारी सिर्जना गर्ने काममा युवा लाग्नुपर्छ । आत्मनिर्भर हुन जाग्नुको विकल्प छैन । हिजो पढ्ने बाहनामा युवा अमेरिका, अष्ट्रेलिया र युरोप लागे । जेहन्दार युवाहरू निर्यातमै हामीले उन्नति देख्यौं । यसको परिणाम गलत भयो । यसलाई सुधार्ने नीति नै अबको राजनीति हुनुपर्छ ।
युरोप, अमेरिका र अष्ट्रेलिया बसेकालाई फर्काउने विषय असम्भव छ । अब सम्भव विषय भनेको ती देशहरूमा युवा जान रोक्ने प्रभावकारी योजना नै अबको युवा पलायन हुन रोक्ने राजनीति हुनुपर्छ । पलायन भइसकेका यहाँको सम्पत्ति लैजाने योजनामा छन् । त्यसैले युवा पलायनसँगै हुने पुँजी पलायन रोक्ने सशक्त योजना नै समयको माग र देशको आवश्यकता हो । हिजो नयाँ नेपाल बनाउने र आर्थिक छलाङ मार्छौं भन्नेहरूको विनाशको छलाङले देश आर्थिक दुर्घटनाको संघारमा छ । मुख्यकारण कुशासन, भ्रष्टाचार, अनियमितता, परिवारवाद, नातावाद नै भएकाले यी दुर्गुणहरू राजनीतिमा विद्यमान रहँदासम्म विकासमा होइन देशले निःशन्देह विनाशमा छलाङ मार्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच