पाल्पामा कारबाट लागुऔषध ओसारपसार गर्ने दुई पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पाल्पा । कारमा राखेर लागु औषध ओसार पसार गर्ने दुई युवालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा कारसहित तिनाउ गाउँपालिका–३, दोभान झुम्सावाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, वीरेठाँटीका ३५ वर्षीय संजय मुल्मी र धादिङ जिल्ला तिरपुरा गाउँपालिका–३, मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन्  ।

प्रहरीका अनुसार ग ३ च ५९०१ नम्बरको कारबाट नुफिन ५० एम्पुल, डाइजेपाप ५० एम्पुल, डाइचेपाम ५० एम्पुुल, फेनारगन ५० एम्पुल लागूऔषध बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?