काठमाडाैं । इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित तीन प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले शहरका युवाहरूको समूहमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले वायु सेनाको विमानले तामौन क्षेत्रमा एउटा समूहलाई लक्षित गरेको इजरायली सेनाले बताएको छ । यो २४ घण्टाभित्र शहरमा दोस्रो हवाई आक्रमण हो ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकका शहर, गाउँ र शिविरहरूमा तनाव बढ्दै गएको छ । जसको परिणामस्वरूप इजरायली गोलीबारी र गोलाबारीबाट ८ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच