काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा अहिले आदेश लेखन कार्य भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा थुनछेक बहस सकेर आदेशको तयारी गरेको हाे ।
थुनछेक बहस सकिए लगत्तै आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ ।
आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बतायो ।
सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ । सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो ।
उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नुभएको थियो ।
आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गर्नुभएको जिल्ला अदालतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच