डा.इनुका दुई कृति लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । डा.इनु महत खड्काका दुई कृति लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा भक्तपुरमा एक विशेष समारोहबीच डा. इनुका अनुसन्धानात्मक कृति ‘घनश्याम राजकर्णिकार : नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा इतिहासकार प्रा.डा. सुरेन्द्र केसीलगायत स्रष्टाहरूले दुवै कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा समालोचकहरू प्रा.डा. कृष्णप्रसाद दाहाल र प्रा.डा. गोविन्दमान सिंह कार्कीले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा केसीसहित डा. शान्ति गिरी, नीलकण्ठ भुसाल, प्रा.डा. देवमणि भट्टराई, घनश्याम राजकर्णिकार, युवराज नयाँघरे, राधेश्याम लेकाली, कृतिकार डा.इनु महत र प्रकाशक माधवकुमार खड्काले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?