सुमो तोडफोड गर्ने ११ जना पक्राउ

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । भोजपुरदेखि दिक्तेल हुँदै काठमाडाैं गईरहेको तुवाचुङ मारतिका यातायात प्रालिको सुमो तोडफोड गर्ने ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३९ वर्षीय राजेश परियार, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-११ बस्ने २४ वर्षीय सुनिलमाझी, सोही ठाउँ बस्ने नरेन्द्र माझी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ बस्ने २६ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-३ बस्ने २६ वर्षीय छोईकु दोङ, सिन्धुली घ्याङलेख गाउँपालिका-४ बस्ने २६ वर्षीय प्रेम श्रेष्ठ छन् ।

यस्तै, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने २६ वर्षीय तेन्जिङ तामाङ, दाङ घोराही उपमहानगरपालिका-११ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ बस्ने ३२ वर्षीय टेक बहादुर पुन, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने १८ वर्षीय भिसान तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ बस्ने २४ वर्षीय सुनिल तामाङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१२ बस्ने २२ वर्षीय आदेश स्याङतान पक्राउ परेका हुन् ।

पक्राउ परेका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा सातदिनको म्याद लिएर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

पौष २४ गते साँझ ६ बजे काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ बेलास्थित बिपि राजमार्ग सडकखण्डमा मंगलटार तर्फबाट काठमाडाैं जाँदै गरेको ना १ ज ६१७२ नम्बरको सुमोलाई विपरीत दिशाबाट आईरहेको बा ३ च ३४९४ नम्बरको सुजुकी कार र बा ३ च ५६२१ नम्बरको कारमा सवार व्यक्तिहरुले साँघुरो सडकमा साइड नदिएको बहानामा तोडफोड गरेका थिए ।

सुमो तोडफोडपछि फरार रहेका सबैलाई सोहीदिन राती र भोलिपल्ट काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रनाउ घलेले बताउनुभयो । घलेका अनुसार तोडफोडबाट यात्रुहरुमा क्षति पुगेको छैन ।

तुवाचुङ मारतिका यातायात प्रालि खोटाङका अध्यक्ष टेकिन्द्र राईका अनुसार सुमोमा शसस्त्र प्रहरी बल नम्बर ५ टक्सार गुल्मका गुल्मपति डिएसपी देबेन्द्र कुमार थापासहित सबै यात्रु भोजपुरका थिए । शसस्त्र प्रहरी बलका डिएसपी थापा विदामा घर जाँदै हुनुहुन्थ्यो ।

तोडफोडबाट गाडीमा दुई लाख बढीको क्षति भएको छ । तोडफोडपछि यात्रुलाई जोगाउन हतारमा गाडी अगाडी बढाउँदा पनि ठोक्किएर गाडीमा केही क्षति पुगेको छ । तोडफोड भएको स्थानबाट झण्डै ५ किलोमिटर अगाडी पुगेपछि गाडीमा खराबी आएपछि काठमाडाैंबाट अर्को गाडी पठाएर यात्रुलाई राती साढे १० बजेसम्म गन्तब्यसम्म पुर्‍याईएको प्रालिका अध्यक्ष राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
1 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?