
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरूको पुनःनिर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँले वातावरणीय सुधारसमेत महानगरको प्राथमिकतामा रहेको बताउनुभयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएका कारण केही समस्या भइरहेको उहाँले बताउनुभयो । स्मार्ट सिटी बनाउनका लागि कम्तीमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशतमात्र खुला ठाउँ रहेको बताउनुभयो । उहाँले पहिले नै नेपाल आर्मीलगायतले खाली ठाउँ लगिसकेका कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो दोस्रो कार्यकालसहित मेयर भएको साढे सात वर्ष भयो । यो समयमा हामीले धेरैवटा पोखरीहरू पुनर्निर्माण ग¥यौँ । तीमध्ये सबैभन्दा ठूलो परियोजना लगनखेलको पोखरी हो । जुन हालसालै पुनर्निर्माण भएको छ । हामी सानो छँदाखेरि त्यहाँ खेलमैदानजस्तै थियो । पहिला त्यो ठाउँका पोखरी र फुटबल मैदानहरू आर्मीले लिएको थियो । अहिले हामी ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने योजनामा छौँ । तर, स्मार्ट सिटी बनाउनका निमित्त कम्तीमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता छ । तर, हामीसँग तीन प्रतिशतमात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभिनिङ वाक गर्न पाइँदैन । मैले मेयर भएपछि कुनै पनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिइसक्यो, अहिले मसँग तीन प्रतिशतमात्र जग्गा बाँकी छ । म योचाहिँ घटाउन चाहन्न ।’ उहाँले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच