महिला सांसदलाई थप्पड हानिएपछि सेनेगलको संसद्मा झडप

Read Time = 1 min

डाकर । सेनेगलको विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसद्मा हिंसात्मक झडप भएको छ । टेलिभिजन फुटेजमा सत्तारूढ र विपक्षी दलका राजनीतिज्ञहरू संसद्मा एकअर्काविरुद्ध मारपिटमा उत्रिएको देखिन्छ ।

बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा संसद्का विपक्षी दलका सदस्य मासाता साम्बले सत्तारुढ गठबन्धन ‘बेन्नो बोक याकार (बिबिवाई)’की विधायक एमी नदिए गनीबीलाई थप्पड हानेपछि संसद्भित्रै मारपिट भएको थियो ।

गनीबीले आफूलाई थप्पड हान्ने सांसदमाथि कुर्सी उठाएर हान्नुहुन्छ । त्यसपछि अर्का सांसदले गनीबीलाई समाएर भुइँमा लडाए । राजनीतिज्ञहरू कुटपिट, आरोप प्रत्यारोप र गालीगलौचमा उत्रिएपछि बैठक स्थगित भएको थियो । सेनेगलमा जुलाईमा विधायिकी चुनावपछि सत्तारुढ र विपक्षी राजनीतिज्ञबीच तनाव बढेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?