
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।
सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् ।
आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ ।
सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा हुनुहुन्छ।
बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहनुभएका पूर्व गृहमन्त्री लामिछाने हिजो आफैं जिल्ला अदालतमा हाजिर हुनु भएको थियो । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच