
काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले ओपन च्यालेन्ज फिल्म फुटबल कप, (सेभेन ‘ए’ साइड फुटसल) प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता माघ २५ र २६ गते चल्नेछ । पत्रकार सम्मेलनको आयोजना गर्दै बक्स अफिसका अध्यक्ष आरके सुवेदीले प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने जानकारी दिनुभयो ।
खुला प्रतियोगिता भएकाले जुनसुकै टोलीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको विजेताले एक लाख एक हजार १०० र उपविजेताले ५१ हजार ५५० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता महांकाल, बौद्धस्थित एलिट फुटसलमा आयोजना हुनेछ । कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिमलगायत १४ व्यक्तिगत पुरस्कार वितरण गरिनेछ ।
फिल्म फेयर अवार्ड ३२ मनोनयनमध्येबाट उत्कृष्ट पाँचलाई पनि मापन प्रतियोगिताको समारोहमा सम्मान गरिनेछ । यसै दौरान पोखरामा हालै सम्पन्न सर्ट फिल्म फेस्टिबलका विजेताहरूलाई ट्रफी प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच